३० मिनेटअघि निस्कँदा पक्राउ पर्नबाट जोगिए पर्यटन राज्यमन्त्री बुढा

कृष्णसिंह लोथ्याल
काठमाडौं– महानगरीय प्रहरी बृत्त महाराजगञ्जले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने महारागजञ्ज पिपलमार्ग एरियामा ठूलै जुवाको अड्डा सञ्चालनमा रहेको सूचना करिब १ साता अगाडि नै पाएको थियो । तर, जुवा अड्डाको वास्तविक लोकेशन भने फेला पार्न सकेको थिएन ।
महानगरीय प्रहरी परिसर काठमाडौं समेतको संयोजनमा सादा पोषाकमा प्रहरीहरु परिचालन भए । दशैं शुरु भएदेखि नै करोडौं रुपैयाँको जुवा खेल्न शुरु भएको ‘अड्डा’को वास्तविक लोकेशन शुक्रबार बिहान मात्रै फेला पर्यो ।
प्रहरीले केही भीभीआईपी व्यक्तिलाई पछ्याउँदा जुवा अड्डाको लोकशन फेला पारेको थियो । प्रहरी बृत्त महाराजगञ्जले जुवा खालमा पूर्व मन्त्री, बहालवाला मन्त्री र राजनीतिक दलका उच्च तहका नेताहरु पुग्ने गरेको सूचना पनि पायो । भीआईपीहरुको जुवा खेल्ने अड्डामा छापा मार्न प्रहरी नेतृत्वसँगै सल्लाह गर्ने परिस्थिति थियो ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ८८ औं महासभामा भाग लिन चिली गएका प्रहरी महानिरीक्षक ९आईजी० सर्वेन्द्र खनाल शुक्रबार स्वदेश फर्किए पछि भीआईपीहरुको जुवा अड्डाबारे पनि चर्चा भयो ।
शुक्रबार साँझ स्वदेश फर्किएका आईजी खनालाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदी र महाराजगञ्ज बृत्तका प्रमुख डिएसपी उमेश लम्सालले आईजी खनालाई भीआईपीहरुले जुवा खेल्ने अड्डाबारे ब्रिफिङ गरेका थिए ।
‘भीआईपी व्यक्ति नै जुवा खेल्ने अड्डामा बृत्त इञ्चार्जले मात्रै आफ्नो निर्णयले छापा मार्ने स्थिति थिएन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने, ‘त्यसैले लिडरसिप लेवल ९नेतृत्व तह०मा पनि यसको जानकारी दिएर मूभ हुने भन्ने तयारी थियो । आईजी साप फर्केपछि छापा मार्ने भन्ने निस्चय भयो ।’
आईजीको ‘ग्रीन सिग्नल’पछि महाराजगञ्ज बृत्तका प्रमुख डिएसपी लम्सालको कमाण्डमा टोली तयार भयो । टोलीका सदस्यहरु शनिबार दिउँसैदेखि जुवा खालको लोकशनतर्फ मूभ भइसकेका थिए ।
लोकशेन नजिक रहेका सादा पोषाकका प्रहरीले जुवा खालमा पुग्ने व्यक्तिबारे टोलीको नेतृत्व गरेका डिएसपी लम्साललाई ‘अपडेट’ दिइरहेका थिए ।
जुवा खालमा जुवा जारी थियो । महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले शनिबार मध्यराति १२ बजेतिर मूभ हुने योजना बनायो । सोहीअनुसार टोलीका सदस्यहरु जुवा खाल चलिरहेको अड्डातर्फ लागे । कार्यालयबाट ‘मूभ’ भएको करिब २ घण्टापछि ९आइतबार बिहान २ बजे० डिएसपी लम्सालसहितको टोली जुवा अड्डामा पुग्यो ।
जुवा अड्डाका प्रमुख सञ्चालक थिए काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज ९पिपलबोट० बस्ने विक्रम गौतम । गौतमले आफ्नै घरलाई जुवा अड्डा सञ्चालन गरेका थिए ।
बहालवाला मन्त्रीसमेत जुवा खालमा
प्रहरीको विशेष स्रोतका अनुसार नेकपा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समेत जुवा खालमा थिए ।
तर, उनी निकटका एक जना प्रहरीले जुवा खालमा छापा मार्न लागिएको सूचना चुहाएपछि बुढा प्रहरीले छापा मार्नुभन्दा २० मिनेट अगाडि मात्रै निस्किएको प्रहरी स्रोतले जानकारी दियो ।
‘मन्त्रीज्यू ९राज्यमन्त्री बुढा० साढे १ बजेसम्म जुवाको खालमा हुनुहुन्थ्यो । पछि उहाँले छापा पर्न लागेको सूचना पाउनुभयो सायद, सुटुक्क निस्किनुभयो,’ जुवा अपरेशनको टोलीमा रहेका एक प्रहरी कर्मचारीले भने ।
पूर्व राज्यमन्त्रीलाई ‘माथिको आदेश’पछि छाडियो
प्रहरी स्रोतका अनुसार नेपाली कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ पनि जुवा खालमा भेटिएका थिए । प्रहरीले उनलाई भ्यानमा पनि राखिसकेको थियो । तर, एक जना वरिष्ठ प्रहरी अधिकारीको आदेशपछि उनलाई छाडिएको स्रोतको दाबी छ ।
‘जुवा खालबाट पक्राउ परेका व्यक्तिले पूर्व गृहराज्यमन्त्री बानियाँ र बहालवाला पर्यटन राज्यमन्त्री बुढा पनि जुवा खालमा रहेको बयान दिएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘तर, बुढा पहिले नै सूचना पाएर निस्किए, बानियाँ भने पक्राउ परिसकेर पनि माथिको आदेशबाट छुटे ।’
प्रहरी स्रोतका अनुसार पूर्वगृहमन्त्री बानियाँले आफू साथीले बोलाएका कारण उक्त घरमा गएको र आफूले जुवा नखेलेर हेरेर मात्रै बसेको भन्दै छापा मार्न गएको टोलीसँग विवाद गरेका थिए ।
‘पछि उहाँ ९बानियाँ०ले आफ्नो मोबाइल निकालेर कसैलाई फोन गर्नुभयो । उहाँले फोन गरेको केही मिनेटमै माथिबाट उहाँलाई छाड्न आदेश आयो,’ प्रहरी स्रोतले भन्यो ।
यद्यपि, बानियाँलाई छाड्न आदेश दिने उच्च अधिकारीको नाम भने स्रोतले उल्लेख गर्न मानेन । ‘जुवा खालबाट पक्राउ परेका व्यक्तिले पनि खालमा पूर्व राज्यमन्त्री बानियाँ र बहालवाला राज्यमन्त्री बुढा गएको बताएका छन् । छापा मार्न गएको टोलीले बानियाँलाई नियन्त्रणमा लिएर छाडेको साँचो हो,’ प्रहरी स्रोतले भन्यो, ‘अहिले घटना अनुसन्धानकै क्रममा छ । पक्राउ परेकाहरुको सबै बयान रेकर्ड होला भन्ने पनि छैन । जेहोस् पक्राउ परेकाहरुले पनि दुई जना नेताको नाम लिएका छन् ।’
जुवा खालबाट अहिलेसम्मकै ठूलो रकम बरामद
प्रहरीले राजधानी काठमाडौंको जुवा खालबाट अहिलेसम्मकै ठूलो रकम बरामद भएको दाबी गरेको छ ।
प्रहरीले आइतबार बिहान २ करोड ६७ लाख नगदसहित २५ जना ‘जुवाडे’लाई पक्राउ गरेको थियो ।
खबरहबसँगको कुराकानीमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले नेपालमै पहिलोपटक जुवा खालबाट करोडौं रुपैयाँ बरामद भएको बताए ।
‘नेपालकै हकमा जुवा खालबाट पौने तीन करोड रुपैयाँ बरामद भएको घटना यो पहिलो हो,’ एसएसपी सुवेदीले भने ।
पक्राउ परेका सबै जना व्यापारी
प्रहरीका अनुसार जुवा खालबाट पक्राउ परेका सबै जना व्यापारी हुन् । जुवा अड्डा सञ्चालनमा रहेको घरका मालिक विक्रम गौतम मिनि क्यासिनोका सञ्चालक हुन् ।
यस्तै, जुवा खालबाट पक्राउ परेका पवित्रकुमार कार्की एयर डाइनेस्टीका प्रबन्ध निर्देशक ९एमडी० भएको खुलेको छ । एसएसपी सुवेदीले पक्राउ पर्नेमध्येका १ जना एयर डाइनेस्टीका एमडी भएको स्वीकारे ।
‘पक्राउ परेका सबै जना व्यापारी नै हुन्,’ एसएसपी सुवेदीले भने ।
पक्राउ परेका २५ जनाको नामावली निम्नानुसार छ,
१ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं। ३ बस्ने विक्रम गौतम । ९मिनि क्यासिनो संचालक घरधनी ०
२ जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नंं। ५ बस्ने राम कृष्ण के।सी। ।
३ दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं। ५ बस्ने ईन्द्र श्रेष्ठ ।
४ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं। १५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।
५ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं। ३५ बस्ने श्याम प्रसाद पराजुली ।
६ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं। २६ बस्ने अशोक श्रेष्ठ ।
७ काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिाका वडा नं। ११ बस्ने सिताराम खड्का ।
८ जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं। ११ बस्ने रोशन तामाङ्ग ।
९ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं। २९ बस्ने राम तामाङ्ग ।
१ काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिाका वडा नं। ६ बस्ने कृष्ण भण्डारी ।
११० काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं। ६ बस्ने सुमन अग्रवाल ।
१२ जिल्ला ओखलढुङ्गा पाप्ले वडा नं। ३ घर भई बस्ने सुमन गुरुङ्ग ।
१३ जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका वडा नं। ३ घर भई बस्ने सोवित शिलवाल ।
१४ जिल्ला ललितपुर पुल्चोक वडा नं। २० बस्ने सोहेल कार्की ।
१५ काठमाण्डौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं। ९ बस्ने पवन अग्रवाल ।
१६ जिल्ला रामेछाप बागमती भण्डारी नगरपालिाका वडा नं। ३ बस्ने पवित्र कुमार कार्की ।
१७ जिल्ला काभ्रेपलान्चोक बाल्टिङ गाँउपालिका वडा नं। ४ बस्ने बलराम सापकोटा ।
१८ जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं। ९ बस्ने धावा लामा ।
१९ जिल्ला काठमाण्डौ का।म।न।पा। वाड नं। १५ बस्ने मुक्ती लामा ।
२० जिल्ला बारा निजगढ नगरपालिका वडा नं। ९ बस्ने शम्भु बुढाथोकी ।
२१ जिल्ला ललितपुर ठेचो नगरपालिका वडा नं। ९ गोदावरी बस्ने प्रेम थापा मगर ।
२२ जिल्ला काठमाण्डौ का।म।न।पा। वडा नं। २ भाङगी बस्ने बुद्ध लामा ।
२३ जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं। ४ बस्ने शम्भु शेर्पा ।
२४ जिल्ला काभ्रेपलान्चोक तिमाङ गाँउपालिका वडा नं। ६ बस्ने नवाङ्ग लामा ।
२५०जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं। ५ घर भई बस्ने प्रदिप बोगटी ।
रंगेहात पक्राउ परेकाविरुद्ध मात्रै मुद्दा
आइतबार बिहान पौने तीन करोड रुपैयाँ बरामद भएको जुवा खालमा राजनीतिक दलका नेताहरु समेत जुवा खेल्न जाने गरेको तथ्य सार्वजनिक हुँदा पनि प्रहरीले भने रंगेहात पक्राउ परेका व्यक्तिविरुद्ध मात्रै मुद्दा प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
‘यस्तो कसुरमा रंगेहात पक्राउ परेका व्यक्तिविरुद्ध मात्रै मुद्दा चलाउन मिल्ने हुन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक वरिष्ठ अधिकारीले भने, ‘कसैले कुनै व्यक्तिको नाम लिएर बयान दिएकै भरमा उक्त व्यक्तिलाई पनि जुवा खेलेको अभियोगमा मुद्दा चलाउन सकिने अवस्था हुँदैन ।’
मुलुकी अपराध संहिता ९ऐन० २०७४ ले जुवा खेल्नु वा खेलाउनुलाई फौजदारी कसुरको रुपमा ब्याख्या गरेको छ । संहिताको दफा १२५ को उदफा ९१० मा कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन भनिएको छ ।
साथै उपदफा ९२०मा जुवा खेल्ने तथा खेलाउने व्यक्तिलाई पहिलोपटक ३ महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई १ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवनाको व्यवस्था नगरिएको छ । यस्तै, दोस्रोपटकभन्दा बढी जुवा खेल्ने वा खेलाउनेलाई पटकैपिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
https://shilapatra.com/detail/13682?fbclid=IwAR2yJ1a7WLWI4h5tbQyqRMnjeEbD_1C2IkYKlj_7y16IraI21trGs0yFK4Y
बहालवाला मन्त्री नै थिए जुवाको खालमा, पूर्वमन्त्री बानियाँ ‘नियन्त्रण’मा लिइएपछि छुटे !








