यी सुपरमोडल हुन् संसारकै सुन्दर महिला

एजेन्सी , ग्रीक गणितका अनुसार सुपरमोडल बेला हदिद संसारकै सबैभन्दा सुन्दर महिला हुन् । मिडिया रिपोर्टलाई मान्ने हो भने ‘गोल्डेन रेसियो अफ ब्यूटी फि स्ट्यान्डर्ड’ का अनुसार धर्तीको सबैभन्दा सुन्दर महिलाको निर्धारण गर्ने वैज्ञानिकले भिक्टोरियाज सिक्रेट मोडलको अनुहार चयन गरेको छ ।


‘गोल्डेन रेसियो अफ ब्यूटी फी’ ले क्लासिक ग्रीक क्यालकुलेशनलाई आधार बनाएर सुन्दरतालाई परिभाषित गर्छ । यसमा सुन्दर अनुहारको आकार गणना गरिन्छ जसमा ओठ, नाक, चिउँडो र जलाइनको आकार र स्थितीको मूल्यांकन गर्छ ।

‘गोल्डेन रेशियो’ मापदण्ड अनुसार २३ वर्षीया बेलाको अनुहार मापदण्डसँग ९४।३५ प्रतिशतसम्म मिल्छ ।

यस्तै यही मापदण्डका अनुसार पप डिभा बियोन्सेलाई दोस्रो स्थानमा राखिएको छ । उनको अनुहार मापदण्डसँग ९२।४४ प्रतिशतसम्म मेल खान्छ ।

नायिका अम्बर हर्ड ९१।८५ प्रतिशतको अनुपातसहित तेस्रो स्थानमा छिने भने पप स्टार एरियाना ग्रान्डे ९१।८१ प्रतिशतसहित चौथो स्थानमा छिन् ।

यस्तै, ९१।६४ प्रतिशतसहित टेलर स्विफ्ट पाँचौ स्थानमा छिन् ।

यो मापदण्ड लोकप्रिय फेशियल कस्मेटिक सर्जन डा। जुलियन डी सिल्वाद्वारा गरिएको हो ।





error: Content is protected !!