बिहान उठ्ने बित्तिकै हेर्नुहोस् राराताल (फोटोफिचर)

मुगु : वर्षेनी यो सिजनमा रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्। बाह्य पर्यटक भन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो छ। रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यता आन्तिरक पर्यटकमा छ।

 

रारा आफैमा सुन्दर सफा कन्चन छ। अझ भनौ रारामा बिहानी सुन्दर्ताले झनै लोभ्याउछ। रारामा लुकामारी खेल्दै पुगेका पर्यटक राराको सुन्दरतामा रमाईरहेका भेटिन्छन्। रारा, कर्णाली प्रदेशको प्रमूख पर्यटकीय गन्तव्य हो। राराले दिनमा तीन पटक रुप बदल्छ। विहानपख खैरो देखिने राराको रङ, दिउँसो बैजनी बन्छ। अनि साँझ पर्न थालेपछि निलो आकाश र राराको रङ उस्तै देखिन्छ। सेताम्य हिउँ पनि छैन्। बरु आँखै शितल बनाउने हरियाली छ।

त्यही हरियालीमा टेन्ट टाँगेर बसेकाहरु भेटिन्छन्। रारा घुम्न काभ्रेबाट मुगु पुगेका सुरेश श्रेष्ठलाई राराको बिहानी सुन्दरताले खुब लोभ्यायो रारा नजिकै दुईवटा होटल छन्। भरिभराउ होटलमा नअटेकाहरु साँझ सल्लेरी जुम्लाको भुलबुले लगायतका स्थानमा फर्कन्छन्। कोही बाटै तिर टेन्ट हालेर बास बस्ने मेसो मिलाउँछन्।

 

मुर्माटपसम्म पुगेर रारा र वरिपरीको दृश्य हेर्न सकिन्छ। समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको राराको ५ किलोमिटर लम्बाई, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको छ।

 

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा पाइन्छन्। कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिन्छ।

 

 





error: Content is protected !!