आलममाथि थप दुई मुद्दा दर्ता, अनुसन्धानको लागि पाँच दिन म्याद थप

काठमाडौं,बम विस्फोटमा घाइते भएका पाँच जनालाई इँटाभट्टामा हालेर निर्मम हत्या गरेको अभियोगमा पक्राउ परेका प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफ्ताव आलमविरुद्ध थप दुई मुद्दा दर्ता भएको छ ।

जिल्ला न्यायाधीबक्ता खवीन्द्रराज कटुवालका अनुसार उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा र बम विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता भएको हो ।

आलमको विश्वासपात्र सखी मोहम्मद घटनाका घाइतेका जाहेरीको आधारमा आलमविरुद्ध थप दुई मुद्दा दर्ता भएका हुन्।

साथै उक्त घटनाबारे अनुसन्धानको लागि भन्दै जिल्ला अदालत रौतहटले थप पाँच दिनको म्याद थप गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पहिलो पटक थप गरिएको सात दिनको समय सकिएपछि पुन पाँच दिनको म्याद थप गरेको हो ।

पटक पटक अदातमा उपस्थित गराइदा पनि उनले बयान दिन नमानेपछि आइतबार उनलाई तेस्रो पटक जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!