यसरी जोडिदै छ जाजरकोटमा सडक , विद्युत ? मन्त्री बस्नेत भन्नुहुन्छ – विकासका लागि चिन्ता धेरै लिनुपदैन

हेमन्त केसी
जाजरकोट ,  (रासस)ः पाँच वर्ष अघि सडक सञ्जाल सँग जोडिन धौ , धौ भएको जाजरकोट अहिले सडकको केन्द्र विन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो ।

राष्ट्रिय सडक तथा क्षेत्रिय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह –छिन्चु – जाजरकोट – डोल्पा हुँदै चाईना जोड्ने सडक (भेरी करिडोर) , रुकुम पुर्व , पश्चिम हुँदै जाजरकोट बाट दैलेख जोड्ने मध्यपहाडी लोकमार्ग ( पुष्पलाल ) छिन्चु – सल्यान – जाजरकोट बाट जुम्ला –रारा सडक (जाजरकोट – जुम्ला – रारा) , लुम्विनी – दाङ हुँदै जाजरकोट – रारा सडक (लुम्विनी रारा सडक) र जाजरकोट – नलगाड नगरपालिका –बारेकोट गाउँपालिका हुँदै जुम्ला जोड्ने सडक जाजरकोट भएर गएका कारण जिल्ला बीच भागमा परेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । जाजरकोट सदरमुकाम आईपुग्नुभएका मन्त्री बस्नेतले रासस सँग कुरा गदै यस्तो बताउनुभएको हो ।

व्यापारिक दृष्टिकोणले जिल्ला केन्द्रमा भएका कारण विकासको गति अनि यसको फाईदा लिन सके जिल्लाको आर्थिक संमृद्धीमा ठुलो टेवा पुग्ने मन्त्री बस्नेले बताउनुभयो । अहिले सवै सडकहरु निर्माण कार्य धमाधम चलिरहेको छ । सडकहरुको बीचमा रहेका पुलहरु समेत प्राविधिक स्टामेट गरी निर्माणमा तिव्रता दिईएको उहाँको भनाई छ । छिन्चु –जाजरकोट सडक खण्डमा अहिले पिच भईसकेको छ । जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया सम्मको सडकमा पिचका लागि प्रक्रियामा गईसकेको सडक विभागले जनाएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गमा जाजरकोट खण्डमा पिचको काम धमाधम जारी रहेको छ । जाजरकोट –डोल्पा सडक खण्डको सदरमुकाम देखि दल्ली सम्मको सडकमा यसै आर्थिक वर्ष देखि पिचको काम सुरु हुँन लागेको छ । जिल्लाका आन्तरिक सडक छेडा – मार्क – शिवालय हुँदै कचाली जुम्ला सडकको निर्माण कार्य जारी रहेको छ । यो आर्थिक वर्षमा बर्षमा पिच र स्तरउन्नतीका लागि थप वजेट आई कार्यन्वयन तहमा पुगेको जाजरकोट ( क) का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो ।

विकास भएन भनी रुने दिन गएको भन्दै उहाँले अव जिल्लामा उत्पादन भएका वस्तुलाई बजारीकरण गरी अर्थ उर्पाजन तीर लाग्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो , “ आउने सामग्री ल्याएर आएको गाडी फर्कदा रित्तो जाने अवस्था नआओस भन्ने हाम्रो चाहाना हो , । ” त्यस्तै जिल्लालाई विद्युतिकरण गर्नका लागि तीन ठाउँमा विद्युतका सव स्टेशन निर्माण कार्य सुरु भएको छ । एक ठाउँमा सव स्टेशन निर्माण कार्य पुरा भएर विद्युत वितरण गरी काम सुचारु भएको छ ।

मुख्य , मुख्य सडकको केन्द्र भागमा सव स्टेशन निर्माण गरी विद्युत वितरण गर्न मन्त्री बस्नेतले बनाएको कार्ययोजना अनुसार काम भईरहेको नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै नलगाड जलविद्युत आयोजनाको डिपिआर प्रतिवेदन आउने अन्तिम तयारीमा पुगेको छ ।
आयोजनाले पहिलेको भन्दा ४१० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएपनि अहिले वाध स्थलको उचाई बढेको कारण थप ७ मेघावाट विद्युत उत्पादन वृद्धी हुँने प्रतिवेदन तयार गरेको छ । जाजरकोट – डोल्पा सडक खण्डको नलगाड नगरपालिका – ७ दानीपिपलमा ४०० केभी प्रशारणलाईनको सव स्टेशन निर्माणको लागि प्रक्रिया सुरु भईसकेको छ । जिल्लामा जोडिएको सडक सञ्जाल सँग विद्युत लाईनहरु मिलाएर लिएमा काम छिटो हुँने र सवै ठाउँमा पुग्न प्रभावकारिता भएको मन्त्री बस्नेतले दावी छ ।
भौलोलिक रुपमा अलि जटिल रहेको जाजरकोटमा सडक विकास र विद्युतिकरण जिल्ला भर बनाउन अव कम्तिमा तीन वर्ष भन्दा बढी नलाग्ने सरोकारवालाको भनाई छ ।
सात स्थानीय तहमा सडक सँग जोडिएको प्राथमिकता
जिल्लाका ७ स्थानीय तहलाई यसै वर्ष सडक सञ्जालले छुने स्थानीय सरकारका प्रमुखले बताएका छन् ।  सडक सञ्जाल पुगेसँगै स्थानीय उत्पादनलाई वजारीकरण गर्नका लागि विशेष योजना बनाएको स्थानीय तहका प्रमुखको भनाई रहेको छ ।

नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो ,“ हाम्रोमा लसुन , टिमुरको पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेका छौँ र मह र सुन्ताला विभाग ( जोन)को काम समेत सँग सँगै बढेको छ ।

नगरभित्र रहेका १३ वटा नमुना बस्तीमा सडक सञ्जाल सँग जोडेर जनताको जीवनस्तर उकास्नका लागि पहल कदमी जारी रहेको छ । भेरी नगरपालिकाले स्थानीय संघ,संस्था सँग मिलेर स्मार्ट सिटीको अवस्था अनुसार काम थालनी गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।

जुनिचाँदे गाउँपालिकामा टिमुर , कोदो संरक्षण र जडीवुटी, बहुमुल्य पत्थरको व्यवस्थाको कार्य गरिन लागेको अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।





error: Content is protected !!