पुरानो विक्री नहुँदै नयाँ सङ्कलन पुर्जी

जाजरकोट , ः अघिल्लो आर्थिक वर्षको सेतक चिनी विक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमती दिईएको छ ।
जिल्लाको बारेकोट गाउँपालिका –४ स्थित पाटनमा पाईने सेतक चिनी व्यापारीले अघिल्लो वर्ष सङ्कलन गरेपनि विक्री गर्न गर्न नपाएको बेला नयाँ सङ्कलनका लागि अनुमती दिईएको हो । डिभिजन वन कार्यालय , जाजरकाले व्यापारीहरुलाई सेतक चिनी सङ्कलनका लागि नयाँ अनुमती दिएको छ ।
अहिले बारेकोटका जंगलमा सेतक चिनी निकाल्नका लागि पाटन भरी सयौँ स्थानीयवासीहरु पुगेका छन् । वर्षेनी यहाँका सामुदायिक वन समुह र राष्ट्रिय वन समुहमा जथाभावी सेतक चिनी सङ्कलन हुँदै आएको छ । सामुदायिक वन उपभोक्ता समितिको मिलेपत्तोमा जथाभावी सेतक चिनी निकाल्ने काम भएको छ ।
वातावरणीय प्रभाव मुल्याङ्कन नै नगरी यहाँका सामुदायिक वनबाट सेतक चिनी निकालिएको हो । पुरानो सयौँ क्वीन्टल पुरानो सेतक चिनी जिल्लाको दल्ली , कालीमटी लगाएतका ठाउँमा ढुवानीका लागि अनुमती नपाएर थन्किएको बेला नयाँ सेतक चिनी सङ्कलनका लागि अनुमती दिदा थप समस्य आएको छ ।
पुरानो सेतक चिनी विक्री नभएर तनाव भएको वेला नयाँ सङकलन गरी काम अगाडी बढाउदा थप समस्य परेको व्पायारी खीमबहादुर शाहीले बताउनुभयो । केही सेतक चिनी चोरबाटो निर्यात भएपनि अधिकांश जाजरकोटको नलगाड नगरपालिकाका बिभिन्न ठाउँमा थन्किएको छ । बारेकोट गाउँपालिका – ४ स्थित ढोटेचौर समुदायिक वन समुह लगाएत ठाउँमा सेतक चिनी जथाभावी निकाल्ने काम भएको छ ।
सामुदायिक वनले सङ्कलनकर्ताबाट कुनै पनि रकम नलिएरै संकलन गर्न दिएको पाईएको छ । वर्षेनी यसरी नै यहाँका सामुदायिक वनबाट जडिवुटी संकलन भएमा सवै नास हुँने वातावरण विदको भनाई छ । डिभिजन वन कार्यालयले समेत चाँसो नदेखाउदा दैनिक समस्य थपिदै गएको छ । स्थानीय सरकार , समुदायिक वन , डिभिजन वन कार्यालयले समेत चाँसो नदिदा समस्य हुँदै आएको छ ।
सामुदायिक वन बाट कति मात्रामा जडीवुटी निकाल्न मिल्ने हो भन्ने सम्म थाहा नपाई जथाभावी जडीवुटी निकाल्दा वातावरणमा पर्ने प्रभाव हिसाव नभएको विज्ञहरु बताउँछन् । सेतक चिनी संकलन गरी पकाउएर बनाउदा जंगल समेत जथाभावी काटेर विनास भएको छ ।
गाउँपालिकाले सेतक चिनीको राजश्य मुल खातामा गरेन जम्मा
अघिल्लो आर्थिक वर्षमा सेतक चिनी संकलनको लागि आफै अनुमती दिएको बारेकोट गाउँपालिकाले राज्यको मुल खातामा राजश्व जम्म नगरेको पाईएको छ । मलेपको प्रतिवेदनमा बारेकोट गाउँपालिकाले लाखै रकम मुल खातामा नफकाएको देखिएको छ । गाउँपालिकाले संकलनपुर्जी दिन नमिल्ने भएपनि जथाभावी दिदा समस्य उत्पन्न भएको डिभिजन वन कार्यालयले जनाएको छ । यो वर्ष भने जथाभावी संकलन भएपनि कसैले त्यसतर्फ चिन्ता व्यक्त गरेका छैन्न ।








