तल्लो डोल्पामा सञ्चार सेवा अवरुद्ध

डोल्पा ः तल्लो डोल्पा स्थित मुड्केचुला गाउँपालिकाको कालिका अधाहमा रहेको टावरमा खरावी आएपछि यहाँको सञ्चार सेवा अवरुद्ध भएको छ ।

चार दिन देखि टावरमा खरावी आएपछि यहाँको सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको नमस्ते प्राविधिको सो टावरमा समस्य आएपछि यहाँका स्थानीयवासीहरु , स्थानीय सरकार , प्रहरी समेत सञ्चार सेवाबाट बन्चित भएका गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

फोन अवरुद्ध भएपछि मर्मतका लागि दुरसञ्चार कार्यालय नेपालगन्ज र दुनैमा सम्पर्क समेत गर्न नपाएको उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाको केन्द्र नर्कुमा वर्डलिकको ईन्टरसेवा समेत खरावी आउँदा काममा समस्य भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!