एकै दिनमा १ लाख ५७ हजार यात्रु उपत्यका भित्रिए

काठमाडौं,दशैं सकिए लगत्तै उपत्यकामा भित्रिनेको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा विभिन्न नाका हुँदै २४ हजार ९ सय ८८ गाडीमा १ लाख ५६ हजार ६ सय ४२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन्। १२ हजार ७ सय गाडीमा ८१ हजार ३ सय ५१ जना यात्रु उपत्यकाबाट बाहिरिएका महाशाखाले जनाएको छ। उपत्यकामा पछिल्लो २४ घन्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय २९ जना चालक कारवाहीमा परेका छन् । जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०३, लेन १०६, सडक फुटपाथमा सवारी पार्किङ गर्ने १६६ र निषेधित स्थानमा हर्न बजाउने ६६ जना चालक कावरवाहीमा परेका छन्।





error: Content is protected !!