वालअभियानी नै वाल विवाह गर्दै

सञ्जय केसी
जाजरकोट , २८ असोज ः वालवविवाह न्यूनिकरणका लागि अभियानमा लागेका अभियान्ता नै वालविवाहमा संलग्न भएका कारण अभियान प्रभावहिन देखिएको छ ।
पञ्च भयार मावि जिकुवा नलगाड नगरपालिका – ८ मा वालविवाह न्यूनिकरणका लागि भन्दै बहुआयमिक विकास तथा अध्यायन मञ्चले साझेदार निकाय केडको सहयोगमा काम गदै आएको थियो । वालविवाह विरोधी अभियान सुरु भएको तीन वर्ष वित्दा सम्म सोही अभियानमा लागेकाले धमाधम विवाह गर्न थालेपछि सो कार्यक्रम प्रभावहिन भएको स्थानीयवासीले बताएका छन् । वालविवाह न्यूनिकरणका लागि भन्दै लाखै रकम खचिएपनि वालविवाह गर्ने क्रम नरोकिएपछि समस्य उत्पन्न भएको जनप्रतिनिधीहरु बताउँछन् ।
कार्यक्रमले सहयोग भन्दा पनि झन वालविवाह बढाउने तीर लागेको शिक्षकहरु बताउँछन् । कार्यक्रम लागु भएको विद्यालय पञ्च भयार माविमा दुई पटक विद्यार्थीहरु वालिकाहरु विरामी नै भएकोले पढाई समेत प्रभावित भएको थियो । वालभियानका रुपमा छनोट भएर प्रशिक्षण लिएकाहरुले नै उमेर नपुग्दै विवाह गरेका कारण अभियान सञ्चालन गर्न चुनौति पुर्ण देखिएको छ । महिला सरक्षण मञ्च जाजरकोटले पनि सञ्चालन गरेको यो कार्यक्रम अहिले बहुआयमिक विकास तथा अध्यायन मञ्च, जाजरकोटले जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाम कार्यक्रम गदै आएको छ ।
तीन वर्षको अवधीमा नलगाड वडा ८ (साविकको खगेनकोट ५,६) मा झण्डै ५ जना भन्दा बढी उमेर नपुगेका वालअभियानीले विहे गरेको पाईएको छ । गाउँ , गाउँमा गएर वालविवाह न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रम देखि प्रशिक्षण कार्यक्रम गरेको भन्दै रकम खर्चेपनि सो प्रभावहिन देखिएको छ ।
भेरी नगरपालिकाको भुरमा भएको एक कार्यक्रममा बालविवाह न्यूनिकरण गर्न समस्य भएको मावि भुरमा शिक्षकले बताएका छन् । महिलाको स्वास्थ्य तथा प्रजनन अधिकारका विषयमा केन्द्रीत रहेको यो कार्यक्रम गाउँका सर्वसाधारणलाई सचेतना फैलाउने कार्यमा भन्दा पनि व्यक्तिगत फाईदामा लागेका कारण कार्यक्रम सफल हुँन नसकेको स्थानीयवासीहरु बताउँछन् ।
कर्मचारी न्यूक्ति प्रक्रियामा आफु निकट र मोटो रकम असुलेर नियूक्ति गरिएको कार्यक्रताले प्रभावकारी काम नगर्दा प्रभावहिन भएको हो ।








