दशै खर्च जुटाउन गिट्टी कुट्दै

हेमन्त केसी 
जाजरकोट , राम्रो लगाउने र मिठो खाने कसलाई पो रहर हुँदैन् र ? सवैलाई घरमा बसेर दशैको समयमा रमाईलो गर्ने उतिकै लागेको हुन्छ , तर जाजरकोेट डोल्पा सडक खण्डका बिभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशै खर्च जुटाउने बालबालिकाको सङ्ख्य पनि ठुलै रहेको छ ।
सयौँ व्यक्ति यही बाटो हुँदै हिड्ने गर्दछन् , तर यहाँका दलित र जनजाती समुदायका वालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैको लागि खर्च जुटाउने उपाय खौज्दै छन् । रुकुम पश्चिम आठविसकोट नगरपालिका –११ रिटा गाउँ नजिकै त्रिभुवन मावि दल्लीमा कक्षा ६ मा पढ्ने सावित्रा घर्ती सडकमै गिट्टी कुट्न थालेको ५ दिन वितेको छ । घरमा बाबा नभएका कारण आमाले कमाएको रकमले घर खर्च नटरेपछि आफु वाध्य भएर गिट्टी कुट्न लागेको बताईन् ।
गिट्टी कुट्दै गर्दा यही बाटो भएर साथीहरु जान्छन् , तर म भने कसै सँग नहेरी गिट्टी कुटिरहन्छु सावित्राले भन्नि । उनी सँगै अर्का ९ वर्षे बालक सरोज घर्ती पनि गिट्टी कुट्छन् । विद्यालयमा छुट्टी भएका कारण गिट्टी कुट्न लागेको उनले बताए । विद्यालय सञ्चालन भएपछि दैनिक पढ्न जान पर्छ उनले भने, “ अहिले फुर्सदको समयमा गिट्टी कुटेर कमाएको पैसाले दशै र अन्य काम गर्नुपर्ला । ” उमेरले सानै भएपनि कुरा र कामले भने उनी निकै छिपिएको स्पष्ठ देख्न सकिन्थ्यो ।
उनी थप्छन् , “ सवै साथीहरु अहिले बिभिन्न रमाईलो कार्यक्रम गदै रमाएका छन् , म भने गिट्टीमा भविश्व खोज्दैछु , के गरिव हुँनु अपराध हो ? । ” उनी सँगै कक्षा ३ मा पढ्ने रमेश विक सकि नसकी गिट्टी कुट्ने काममा लागेका छन् । गिट्टी कुट्दा , कुट्दै कहिले घामले चर्काउछ , कहिले पानीले भिजाउछ । तर हाम्रो समस्यका अगाडी सवै समस्य केही नभएको उनीहरुको प्रतिक्रिया छ । अहिले अर्थ अभावका कारण समस्यमा परेका अधिकांश बालबालिकाहरु आफै मजदुरी गर्दै आमा, बाबालाई सघाउने गर्दछन् ।
३० केजीको बोरमा गिट्टी कुटेर दिएमा ४० रुपैयाँ पाउने गरेको उनीहरुको भनाई छ । गिट्टी कुट्दा काम गर्न सजिलो होस भनि पानीको मुल भएको ठाउँमा गएर काम गरीरहेको उनीहरु बताउँछन् । कसैलाई दशै आएको छ भने कसैलाई दशा आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ । गिट्टी कुटदै उनीहरु भन्छन् , अहिले हामी गिट्टी कुट्दै छौँ , भोली हामी यही पैसाले कापी , कलम र झोला किनेर हाम्रो भविश्य बनाउँछौँ ।
जहाँ संर्घष र पीर वेथा स्पष्ठ देख्न सकिन्छ । दिनभरी गिट्टी कुट्दा पहिले , पहिले हात दुखेपनि अहिले , दुख्न छाडेको उनीहरु बताउँछन् । उनीहरु त सडकमा देखिने प्रतिनिधीमुलक पात्र मात्र हुँन् , अहिले यो सडकमा भारी मात्रामा बालबालिकाहरु गिट्टी कुटेर आफ्नो भविश्य खोज्दैछन् । उनीहरु अभावकै बीचमा संर्घषबाट कमाएको पैसाले उज्यालो भविश्यको सपनालाई सार्थक बनाउने योजनामा रहेका छन् ।
जसले दुख , पीडा र वेदना नजिकबाट देखेको , भोगेको छ , उसैलाई मात्र थाह हुन्छ जिन्दगीको वास्तविक कथा । भोगेर हुर्र्कीएको जिन्दगी भन्दा देखेर उठेको जिन्दगी कयौँन गुण कम पीडा दायिक हुन्छ ।
हेमन्त केसी








