प्रदेशसभा सदस्य खत्री भन्नुहुन्छ ः कर्णाली सरकारले हाम्रा कुरा सुनेन्

जाजरकोट , आफुहरुका कुरा प्रदेश सरकारले नसुनेको भन्दै प्रदेशसभा सदस्य कौशिलावती खत्रीले गुनासो गनुभएको छ ।
जनताको दुख र पीडाका साथै विकासका योजनावारे जति चर्को स्वरले कुरा उठाएपनि प्रदेश सरकार र मन्त्रालयले चाँसो नदेखाएको भन्दै यहाँले आक्रोष पोख्नुभयो । प्रदेश सरकारमा जाजरकोटवाट त्यस्तो कुनै पहुच नभएका कारण सरकारमा जाजरकोटी जनताका अधिकार र न्यायका कुराको खास सुनुवाई हँन नसकेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारको सुखी नेपाली र समृद्ध नेपालको नारालाइ पुरा गराउनका लागि प्रधानमन्त्री केपी शर्मा औलीलाइ सवैले सहयोग गर्नु पर्ने बताउनुभयो ।
उहाँले जनताको ठुलो वलिदान र त्यागवाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र देशको आमुल आर्थिक परिवर्तन पछि मात्र सार्थक बन्ने भन्दै कर्मचारीहरुले जनताको भावना र अधिकारलाइ ध्यानमा राखेर सेवा प्रवाह गरे मात्र संघीयता र लोकतन्त्रको अनुभुति जनताले गर्न पाउने श्रेष्ठले बताउनुभयो ।








