जनप्रतिनिधि र कर्मचारी क्षमता विकासका लागी तालिम


इन्द्र बुढाथोकी सल्यान । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकासका लागि सूचना प्रविधि र पञ्जिकरण सम्बन्धि २ दिने तालीम सम्पन्न भएको छ ।
२ दुई दिन सम्म चलेको कार्यक्रममा नगरपालिका सम्पुर्ण जनप्रतिनिधि, १२ वटै वडाका कर्मचारी विषय गत शाखा प्रमुख लगाएको सहभागी रहेको थियो ।
नगर तथा वडा कार्यालय बाट हुने सम्पूर्ण कामलाइ सूचना प्रविधि मार्फत अभिलेख राख्न सजिलो हुने भएकाले तालीमको आयोजना गरिएको थियो ।
क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिको बनगाड कुपिण्डे नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि गोविन्द कुमार पुनले बताए । साथै नगर प्रमुखले नगरका सम्पूर्ण हरेक गतिविधि आवश्यकता परेकोवेला तथ्यांक जस्ताको तस्तै देखाउनको लागि समेत यो जरुर रहेको औंल्याएको छ ।
यो विषयमा जो कोहि पनि निपुन हुन अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ छ । सक्षम जनशक्तिको लागि सबैको इच्छा शक्ति नभए कुनैपनी काम गर्न सक्छ । रुचि चाहना भएमा काम गर्न कुनै समस्या नभएको समेत बताए । स्थानीय जनशक्ति भएमा काम गर्ने असाध्य राम्रो हुने बताए ।
स्थानीय तहमा नीति बनाउन कर्मचारीको महत्त्वपूर्ण भुमिका रहेको नगर प्रमुख पुनले बताए । समृद्ध नेपाल बनाउन आर्थिक, सामाजिक, स्वास्थ ,शिक्षा ,कृषि ,शिक्षा, राजनीति , स्तर सबैखाले कुरामा ज्ञान राख्न र सक्षम हुन आवश्यक रहेको उनको भनाई छ । सिकेका कुराहरु एक अर्को सङ्ग आदानप्रदान गर्नु पर्ने प्रमुख पुनले बताए ।
सञ्चार मैत्री र प्रविधिको यो युगमा ईन्टरनेट ज्ञानको आवश्यकता टड्कारो रहेको बनगाड कुपिण्डे नगरका प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले जानकारी दिनु भएको छ । जो कोहि पनि यसको ज्ञानलिनु जरुरी छ । सरकारि कार्यलयहरुमा त झनै टड्कारो आवश्यकता खड्किएको जनाउनु भएको छ । दुई दिने तालिमबाट सबै विषयगत शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले आ आफ्नो वडालाइ प्रविधिमय कामकाज हुने विश्वास लिएको छ ।
स्थानीय तहमा पञ्जिकरणको सफ्टवेयरको प्रयोगात्मक अभ्यास, थेउरिकल कुरा, पञ्जिकरण सुचना, नगरमा सुचना प्रविधि प्रयोग र समस्याका विषयमा प्रशिक्षण दिइने छ । नगरपालिका कस्तो बनाउन हामी जनप्रतिनिधिको हातमा रहेको र जनप्रतिनिधि चाहेमा सबैकुराको हल हुने उप प्रमुख यरिले बताइन ।
बनगाड कुपिण्डे नगर उप प्रमुख मञ्जु यरिको अध्यक्षतामा भएको कार्यक्रम सुचना प्रविधि सम्वन्धि केपि इन्जिनियरिङ्ग सोलुसन प्रालिका प्रकाश के सि,जिवराज के सि र आइटी अफिसर भिम पुनले २ दिन सम्म प्रशिक्षण कार्यक्रममा केपि इन्जिनियरिङ सोलुसन प्राली दाङको व्यवस्थापन र बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सन्चालन भएको थियो ।










