सेवाग्राही रित्तै फर्किन्छन् ः कार्यालय भन्छ चामल टन्नै

Image may contain: outdoor

कालीबहादुर नेपाली जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं.२ का सुरेश नेपाली शुक्रबार हतारमा घाट खाद्य डिपोमा पुगे ।

दोकानमा पाइने चामल भन्दा खाद्यको चामल सुरक्षित हुन्छ भन्ने उनलाई थाहा छ । घाट डिपोमा पुगेपछि चामलका लागि एकजना कर्मचारीलाई चामल लिने कुरा सुनाए । डिपोका एकजना कर्मचारीले भने, रोकायगाउँ टोलको लागि ५ पिस मात्र छ । त्यहि बाँडेर लिनुहोस ।

सुरेशले  कुराकानी गर्दै भने ,मैले त एक पिस नै ल्याउने भनेर गएको थिए । तर रोकायगाउँ टोलका लगभग ५० भन्दा बढी बासिन्दा गएका थिए । त्यसैमा मैले पाँच पाथी लिएर घर फर्के ।  जाजरकोटको बारेकोटका सुरेश उदाहरण पात्र मात्र हुन । जिल्लाको जुनीचाँदे गाउँपालिकाका वडा नं. ९ का महेन्द्रबहादुर शाही ३ घण्टा हिडेर खाद्य डिपो ताँगाचौर पुगे ।

त्यहाँ पनि चामल छैन भनेपछि उनी पनि ५ किलो बोकेर घर फर्के । उनले भने , म भाईको दाहासंस्कारको लागि चामल लिन भनेर त्यहाँ गएको थिए, चामल त्यति छैन् भनेर थोरै चामलमा चित्त बुझाएर घर फर्के । जिल्लाको अर्काे स्थानीय तह छेडागाड नगरपालिकामा पनि खाद्यको समस्या छैन भन्ने कमै देख्न पाइन्छ । छेडागाड नगरपालिका वडा नं. ७ टिकाचौरका दिपक रोका चामलका लागि खाद्य डिपो ताँगाचौर पुगे । ३ घण्टा हिडेर चामल लिन गएका दिपक चामल नपाएपछि घरमा रित्तै फर्केको उनको गुनासो छ ।

Image may contain: indoor

 

सबै ठाउँमा चामल पुगेको छ ः वरिष्ठ सहायक पौडेल

जिल्ला खाद्य डिपो कार्यालय जाजरकोटका वरिष्ठ सहायक राम बहादुर पौडेलले सबै ठाउँमा चामल प्रशस्त मात्रामा गएको उनले बताए । उनले भने, जिल्लामा ४ वटा खाद्य डिपो रहेका छन् । चाड पर्वलाई लक्षित गरि हामीले सबै ठाउँमा चामल पठाएका छौ । अब चामल कसैले पनि पुगेको छैन भने हामीलाई खबर गर्नुहोस । त्यसमध्ये नायकवाडाको घाट खाद्य डिपोमा ५२ सय क्वीटल चामल जाने गर्छ , सबै गइसकेको छ । त्यस्तै रग्दाको खाद्य डिपोमा २ हजार ३ सय क्वीटल चामल जाने गर्छ त्यहाँ पनि सबै गइसेकेको छ ।, जुनीचाँदेमा १ हजार क्वीटल छुट्याइएको हुन्छ । छेडागाडको घोगीमा ५ सय क्वीटल चामल आवश्यक पर्छ सबै ठाउँमा चामल पुर्याएरहेका छौँ । यदि कहीँकतैँ चामलको अभाव भए हामी त्यस ठाउँमा पठाउन तयार र्छाै ।

No photo description available.

अधिकांश चामल भण्डारण

बर्खाको समयमा जाजरकोटका अघिकांश ठाउँमा बाटोमा समस्या हुने भएकोले समय समयमा थोरै चामल वितरण गर्ने गरेको वरिष्ठ सहायक रामप्रसाद पौडेलले बताए । उनले भने, हामीले जिल्लाका सबै वितरण हुने ठाउँमा चामल पठाउँछु वेला वेलामा वितरण गर्ने प्रवृति बढेका कारण अधिकांश चामल भण्डारण गर्ने गरेका छौँ । यसले गर्दा पनि होला सबैले कम पायौँ भनेर गुनासो गरेको ।

समयमा चामल नठाउने संस्था कालोसुचीमा

जाजरकोट सदरमुकाममा रहेको खाद्य डिपो बाट तोकिएको ठाउँ र समयमा चामल नपठाउने संस्था कालोसुचीमा परेको वरिष्ठ सहायक राम प्रसाद पौडेलले बताए ।

जिल्लाको छेडागाडको ताँगा लिन लागेको चामल माघ महिनाको १९ गते पुर्याउनु पर्ने भएपनि जेठ २५ गते पुर्याएकोले शुभलक्ष्मी निर्माण सेवा कालोसुचीमा परेको उनले बताए । यस्तो गर्ने ठेकेदार र संस्थालाई कारबाही गर्ने उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!