नेपाल युवा परिषद जाजरकोटद्धारा शिवालय मन्दिरमा वृहत सरसफाई


जाजरकोट । नेपाल यूवा परिषद जाजरकोट शाखाले विश्व पर्यटन दिवसको अवसरमा शिवालय मन्दिर सरसफाई गरेको छ ।
नेपाल भम्रण बर्ष २०२० लाई सफल पार्न र २० लाख पर्यटक भित्र्याउनमा हाम्रो स्थानीय स्तरमा रहेका धार्मिक एवम् पर्यटकिय स्थलको सरसफाई गर्न कार्यक्रमको आयोजना गरिएको यूवा परिषद जाजरकोट शाखाका अध्यक्ष प्रविन विकले जानकारी दिए ।

केन्द्रिय निर्णय अनुसार ७७ जिल्लाका स्थानीय तहमा वृहत रुपमा १ सय भन्दा बढि यूवाहरुको सहभागीता गराई पर्यटकीय स्थलहरुमा सरसफाइ गरि सधैं सफा राखौ धेरै पर्यटक पढाउ भन्ने मुल नाराका साथ युवाहरूको सहभागीमा शिवालय मन्दिर सरसफाइ गरिएको छ ।
कार्यक्रममा यूवा परिषद जाजरकोट शाखाका अध्यक्ष प्रविन विकले भने, ‘नेपाल यूवा परिषद एक विशुद्ध सामाजिक संस्था हो । जसले विगत ८ बर्ष देखि यूवाको नेतृत्व र विकास, यूवा उद्यमशिलता, व्यक्तित्व विकास, यूवाका लागि वातावरण , दिगो विकासको लक्ष्य प्राप्तीका लागि यूवा र सुचना प्रविधि क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आइरहेको छ ।’ ‘कुल जनसंख्याको करिव ४०.३५ प्रतिशत हिस्सा ओगेटेको यूवा जनसंख्याले चाल्ने सकारात्मक परिवर्तनले समाजलाई सकारात्मक बाटो तर्फ अग्रसर गराउो माध्यम हो ।’

त्यस कारणले “यूवा परिवर्तनका संवाहक हुन ।” भन्ने मुख्य उद्धेश्यका साथ आमुल परिवर्तनको लागि नेपाल यूवा परिषदले ७ वटै प्रदेश र ७७ वटै जिल्लाका यूवाहरुको साथमा काम गर्दै उनको भनाई छ । गत अगष्टमा नेपाल यूवा परिषदले सातौँ राष्टिय यूवा सम्मेलन २०१९ भव्यताका साथ सम्पन्न गर्न सफल भएको र जहाँ ७७ बटै जिल्लाका १ सय ५४ स्थानीय तहका यूवाहरुको सहभागिता रहेको समेत बताए ।
सम्मलेलनमा विभिन्न समुदायको प्रतिनिधित्व गरेर आउने व्यक्तिहरु गरि २ सय ४ जना यूवाहरुको व्यापक सहभागीतमा विश्व पर्यटन दिवसको दिनमा देशका विभिन्न पर्यटकिय स्थलको सररफाइ कार्यक्रम गर्ने निर्णय अनुसार शिवालय मन्दिरको सरसफाई गरिएको जानकारी दिए । उनले विश्वमा बढ्दै गएको जलवायू परिवर्तन न्युनिकरणमा समेत जोड दिने र असुरक्षित वैदेशिक रोजगारीलाई न्युनीकरण गर्दै स्थानीय स्तरमै उद्यमशिलता तिर लैजाने जसले गर्दा देशको समृद्धि र आर्थिक वृद्धिमा टेवा पुग्ने, यूवा विना देशको आर्थीक र दिगो विकास नहुने, वैज्ञानिक कृषि प्रणालीको प्रर्वद्धन गरी किसानलाई व्यवसाय कृषि तिर लैजान जोड गर्ने बताए ।
लैगिंक समानता,गुणस्तरीय शिक्षा,खाद्य सुरक्षा,युवा उद्यमशिलता यूवाको व्यक्तित्व विकासमा नेपाल यूवा परिषदले काम गर्ने उनको भनाई छ ।
भेरीनगरपालिका वडा नं. १ का वडाअध्यक्ष दिपक राणाले नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख भित्र्याउने उद्धेश्य सहित नेपाल भ्रमण बर्ष २०२० अभियान सुरु गरेको छ ।
साथै यूवा परिचालनको बर्ष समेत घोषणा गरेको यसलाई सार्थक बनाउन यूवा परिषदको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । कार्यक्रममा युवा परिषद जाजरकोट, प्रहरी चौकी होलुज्युउँला शिव माद्यामिक विद्यालय कालेगाउँका शिक्षक तथा विद्यार्थी गरी जम्मा १२० जनाको सहभागी रहेको थियो ।







