पत्रकारिता पेशालाई आँच पुग्ने गरि जनप्रतिनिधिले दिएको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

जुम्ला । तातोपानी गाउँपालिका-६ का वडा सदस्य तथा नेकपा नेता आदीप्रसाद न्यौपानेले सिंगो प्रेस जगतलाई असर पर्ने गरी दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघ शाखा जुम्लाले आपत्ति जनाएको छ ।

७ असोजमा तातोपानी गाउँपालिको सार्वजनिक सुनुवाई कार्यक्रममा आशनग्रहणको बिषयलाई लिएर उनले पत्रकारिता पेशालाई आँच आउने गरी दिएको अभिब्यक्ति प्रति महासंघले प्रेस विज्ञप्ती मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा जिल्ला सदस्य समेत रहेका नेता न्यौपानेले राजनैतिक दललाई आशनग्रहण नगराएको तर कुनामा बसेर समाचार लेख्ने पत्रकारलाई आशन ग्रहण किन गराउने र जुम्लामा पत्रकारहरुले मञ्च खोज्ने गरेको भन्दै अभिव्यक्ति दिएका थिए । अभिब्यक्तिमा आफ्नो अधिकार खोजिएको तर अरुलाई आँच आउने शब्द भएकाले महासंघको ध्यानाकर्षण भएको शाखा अध्यक्ष बरमबहादुर महतले हस्ताक्षर गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा विभिन्न तरिकाले पत्रकारहरु प्रति हुन खोजेको हमला प्रति ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । आगामी दिनमा यस्तो कार्य कोही कसैले नगर्न समेत अपिल गरेको छ । पत्रकार माथिको हमला समग्र गणतन्त्र, लोकतन्त्र र प्रेस स्वतन्त्रता प्रतिको आक्रमण भएको महासंघको ठहर छ ।

पत्रकाहरुले कहिल्यै मञ्च नखोजेको तर पत्रकार महासंघले समग्र पत्रकारिता संगठनको नेतृत्व र नीतिको काम गर्ने भएकाले महासंघको आशन ग्रहणमा कोही कसैले आपत्ति जनाउन आवश्यक नरहेको पनि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!