उपल्लो डोल्पामा फोन र नेट सञ्चालन

डोल्पा ः सञ्चार सेवाबाट विमुख हुँदै आएको उपल्लो डोल्पामा फोन र ईन्टरनेट सेवा बिस्तार भएको छ ।
नेपाल टेलिमकको नमस्ते टेलिकम प्राविधिको मोवाईल टावर र वर्डलिकले ईन्टरनेट सेवा विस्तार गरेको छ । शे फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलो पटक नमस्ते सेवा सुरु भएको शे फोक्सुण्डो गाउँपालिकामा अध्यक्ष टासिटुण्डुप गुरुङले बताउनुभयो । माथिल्लो डोल्पाको ६० प्रतिशत नगारिक सञ्चारमा जोडिएको उहाँले बताउनुभयो ।
शेफोक्सुण्डो गाउँपालिकाको केन्द्र रहेको क्षेत्र साल्दाङ,नाम्दो,काराङ,तिलिङ कोमास लगायतका क्षेत्र पहिलो पटक मोबाइल सेवामा जोडिएपछि स्थानीयवासीहरु खुसी भएका छन् । रु १० मा एक कल फोन गर्न बाध्य भएक उपल्लो डोल्पावासी घरमै वसेर आफन्तसँग कुरा गर्न पाउँदा निकै खुसी भएको छिरिङछोइके लामा बताउनुभयो । सञ्चारको डोल्पोबुद्ध गाउँपालिकाको ६ वटै वडामा वल्र्डलिङ्कले निशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ । गाउँगाउँमा इन्टरनेटसँग जोडिन पाउँदा स्थानीय दंग भएको स्थानीयवासी वाङचुक गुरुङले बताउनुभयो
विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा वल्र्डलिङ्कले निशुल्क सेवा उपलब्ध गराएको हो। हाल स्थानीय सरकार, दूरसञ्चार प्राधिकरण र वल्र्डलिङ्कबीच भएको सम्झौताअनुसार हाल ५१२ एमबिपिएस इन्टरनेट सेवा प्रदान गरिएको प्राविधिक रुपेस बिसीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!