पाँचकाटिया – बारेकोट हुँदै जुम्ला , त्रिवेणी , सर्मी , नर्कु जुम्ला सडकको निर्माण कार्य सुरु


हेमन्त केसी
काठमाण्डौँ ः खलङ्गा – पाँचकाटिया सडकको ट्याक औपन भएको करिव ९ वर्ष पछि पाँचकाटिया फुलचाउली , कार्याल्दापाखा ,बारेकोट चाँखुरे हुँदै जुम्ला जोड्ने सडक निर्माण कार्य सुरु हुँने भएको छ ।
यातायात पुर्वधार निर्देशनालय पुर्वधार विकास कार्यालय पश्चिम रुकुम चौरजहारी कर्णाली प्रदेशले अवको दुई महिना भित्र सडक निर्माणको काम सुरु हुँने कार्यालय प्रमुख योगेन्द्र धरालाले बताउनुभयो । लामो समयको आग्रह पछि यस सडक खण्डको वोलपत्र आवह्वान भए सँगै सडक निर्माणको बाटो खुलेको हो ।
लामो समय देखि सडक निर्माणको बाटो बन्द हुँदा यहाँका स्थानीयवासीहरु आक्रोषित भएका थिए । जुम्ला जोड्ने मुख्य सडक भएपनि सरकारी व्यवस्थाका कारण यहाँका स्थानीयले सडकको सेवा लिन पाएका थिएन्न । जाजरकोट सदरमुकाम देखि पाँचकाटिया हुँदै बारेकोटबाट जुम्ला जोड्ने छोटो दुरीको सडक भएका कारण यो निर्माण कार्य सुरु सँगै यहाँका स्थानीयवासीहरु खुसी भएका छन् ।
वोलपत्र आवह्वान भएसँगै सडक निर्माणको बाटो खुलेपनि सडक निर्माणका लागि स्थानीयले सहयोग गर्नुपर्ने कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो । बहुँवर्षे ठेक्का अनुसार वोलपत्र आवह्वान भएको भन्दै उहाँले भन्नुभयो , “ जाजरकोट जिल्लाभरी प्रदेश सरकारका सडक हेर्ने गरी मंगलबार सदरमुकाममा कार्यालय खुल्दै छ , कामहरु गतीका साथ लिईन्छ , त्यसैले सर्वसाधारण जनताले पनि सहयोग गर्नुपर्र्यो । ”
पहिलो चरणमा साढे ३ करोड भन्दा बढी वजेट खर्च हुँने भन्दै सिंहले थप्नुभयो , “ अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षको वजेट एकै पटक यो सडकमा हालेर सडक निर्माण दशै , तिहार लगत्तै गरिने छ , १६ किलोमिटर भन्दा बढी सडक यो आर्थिक वर्षमा निर्माण हुँने छ । ” यो सडक निर्माण सँगै आन्तरिक सडकहरु निर्माणको बाटो पनि खुल्ने छ । अहिले घोडा , खच्चडमा घोडेटो बाटोको सहायताले दैनिक ढुवानीका काम हुँदै आएको छ । भेरी नगरपालिका , कुशेगाउँपालिका , बारेकोट गाउँपालिका र नलगाड नगरपालिकालाई समेत यो सडकले सहयोग पुर्याउने छ ।
जाजरकोट सदरमुकाम हुँदै नलगाड नगरपालिका बाट बारेकोट गाउँपालिकाबाट जुम्ला जोड्ने सडक लामो हुँने भएकाले अहिले नयाँ निर्माणको सुरु गरिएको पाँचकाटिया बारेकोट हुँदै जुम्ला जाड्ने सडक निकै छोटो भएको बीरेन्द्र एश्वर्य मावि लिम्साका प्रचार्य गोरखबहादुर सिंहले बताउनुभयो । बारेकोट जनताको भाग्य सँग जोडिएको यो सडक निर्माणले बारेकोटको पर्यटन , कृषि तथा जडिवुटीमा समेत भारी फाईदा हुँने छ । जुम्ला सँग सिधा सम्पर्क हुँने छ ।
सडक सञ्जाल सँग नजोडिएको बारेकोट गाउँपालिकामा यो सडक निर्माण कार्य सँगै सडक सञ्जाल सँग जोडिने छ । त्यस्तै यो आर्थिक वर्षमै जाजरकोट – डोल्पा सडक खण्डको आठविसकोट नगरपालिका घेत्मा खोलामा पक्की पुल निर्माण हुँने छ । यो ठाउँमा पुल नहुँदा दैनिक समस्य भोग्दै आएका जाजरकोट , रुकुम र डोल्पाका स्थानीयवासी खुसी भएका छन् ।
त्यस्तै तल्लो डोल्पाको त्रिवेणी नर्कु ,सर्मी , भालुलेक जुम्ला सडकको समेत रु ४ करोड ९० लाखमा वोलपत्र आवह्वान गरिएको छ । जाजरकोट –डोल्पा सडक खण्ड भित्र पर्ने तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका भित्र पर्ने यो सडक पनि दशै तिहार लगत्तै निर्माण कार्य सुरु हुँने छ ।यो सडक निर्माणले तल्लो डोल्पाको विकास र संमृद्धीमा ठुलो सहयोग हुँने पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले जानकारी दिनुभयो । योजना बहुँवर्षे भएकाले काम गतीमा हुने उहाँले बताउनुभयो ।
जाजरकोट हुँदै जाने यि सवै सडकहरु निर्माण कार्यको गती सँगै विकासका मुलहरु फुट्ने र जाजरकोट बीच भागमा पर्ने भएकाले यसको फाईदा लिनुपर्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । त्यस्तै जाजरकोट सदरमुकाम देखि रिम्ना हुँदै दल्ली सम्म सडकको स्तरउन्नतीका लागि गत वर्ष भएको वोलपत्र (ठेक्का) रद्ध भएसँगै यो वर्ष पुर्ण हुँने चौरजहारी सडक विभागका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो ।
यो सडकको स्तरउन्नती काम गर्नका लागि वातावरणीय प्रभाव मुल्याङकनको काम सकिएकोले स्थानीयले जग्गा दिन तयार भएमा यसै वर्ष वोलपत्र आवह्वान गरेर काम सुरु गरिने भट्टले बताउनुभयो । स्थानीयवासीले जग्गा दिन तयार बनाएर सहयोग गर्ने वातावरण तयार गर्नका लागि आठविसकोट नगरपालिका र भेरी नगरपालिकाले प्रतिवद्धता जनाएका कारण यो आर्थिक वर्षमा बोलपत्र आवह्वान हुँने सम्भावना बढेको उहाँले बताउनुभयो ।







