नदीले बगाएर एक जनाको निधन

केशर पुन मगर, रेडियो जाजरकोट । जाजरकोटको भेरी नदिमा दाउरा निकाल्ने क्रममा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।

भेरी नगरपालिका–३ ,कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो । दाउरा निकाल्ने क्रममा उनलाई भेरीले वेपत्ता बनाएको परिबार श्रोतले जानकारी दिएको छ ।

केहि दिनको लगातारको वर्षाले नदीको बहाब बढेको थियो । दुई दिनअघि वेपत्ता उनी ३५ किलोमिटर तल छेडाचौर बगरमा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ । उनको शवलाई जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि राखिएको अस्पतालले जनाएको छ ।





error: Content is protected !!