नेपालीको भारतकाे राजकोटमा डेङ्गो लागेर मृत्यु


इन्द्र बुढाथोकी सल्यान । भारतको राजकोटमा मजदुर गर्ने गएका एक नेपालीको डेङ्गोको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न ७ सिम्तिगैरा निवासी वर्ष २१ का नोखिराम नेपालीका भारतको राजकोटमा मृत्यु भएको छ ।
भारतको राजकोट अस्पतालमा २ हप्ता देखि अघि देखि उपचार भैरहेको थियो । ५ महिना अघि मजदुरीको लागि नेपाली भारतको राजकोट पुगेको घरपरिवारले वताएका छन् । त्यहाँकै एक हाेटलमा कार्यरत रहेकाे मृतकका आफन्त खुमबहादुर सार्कीले जानकारी दिएका छन ।
डेगु रोगका कारण उपचारकै क्रममा गएराती मृत्यु भएको राजकाेट अस्पतालले जनाएको छ ।
आफ्ना आमा बुवा देखि छुट्टीएर नोखिराम २ वर्षीया छोरी र श्रीमतिलाइ पाल्न पोषण गर्नेको लागि मजदुरीको लागि ५ महिना अघि भारत पुगेका थिए । नेपालीको लासलाइ रकमको जोह गरि नेपाल ल्याउने तयारी भैरहेको लोकराज नेपालीले जानकारी दिएका छन ।








