पुर्व शान्तिमन्त्रीद्वारा शुभकामना

पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले कर्णालीसहित आम नेपालीमा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउँदै मन्त्री पहाडीले यो ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनु भएको छ । पहाडीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधान दिवस, २०७६ को विशेष अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णाली प्रदेशवासी तथा आम नेपाली दाजुभाइ, दिदीबहिनीमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु ।”
नेपाली जनताले दशकौँ लामो समयदेखि सशस्त्र तथा निःशस्त्ररुपमा सञ्चालन गरेका बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप भएको संविधान दिवसलाई हर्षोल्लासका साथ मनाउन उहाँले आग्रह गर्नुभएको छ । सांसद पहाडीले यो विशेष अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि ज्यानको आहुति दिने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलनलगायत सबैखाले जनसङ्घर्षका क्रममा बेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।










