व्यवारिसे बच्चा भट्टराई दम्पतीलाई हस्तान्तरण

जाजरकोट , भदौ २२ गते भेरी नगरपालिका –१३ डाँडीमारे सामुदायिक वन समुहमा फेला परेको नावालकलाई आज पालनपोषनका लागि एक दम्पतीलाई हस्तान्तरण गरिएको छ ।
जिल्लाको भेरी नगरपालिका – ४ मा बस्दै आएका कृष्ण भट्टाईका दम्पतीलाई पालनपोषणको जिम्मेवारी सहित हस्तान्तरण गरिएको छ । भेरी नगरपालिकाका उपनगरप्रमुख भावना भण्डारीको संयोजकत्वमा वैठक बसी प्रमुख जिल्ला अधिकारी जनकराज पन्त , उपमेयर भण्डारीको हातबाट आज भट्टाईलाई हस्तान्तरण गरिएको हो । २२ भदौ देखि सो नावालक जिल्ला अस्पतालको संरक्षणमा रहेको थियो ।
मुलुकी देवानी संहिता २०७४को परिछेद ८ बमोजिम आमा, वावा पत्ता नलागेको नावालकको पालनपोषणका लागि जिम्मा लगाएको हो । तस्वीर पनि उपलव्ध छ ।










