दशै , तिहारमा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

जाजरकोट ः नेपालीहरुका ठुला पर्वका रुपमा रहेका दशै र तिहारमा नेपाल टेलिकम र विद्युत सेवा प्रभावकारी बनाउन निर्देशन दिईएको छ ।
आज प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यी दुई कार्यालयका प्रमुखलाई बलाएर सेवा प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । जिल्लामा विद्युत र फोन सेवा प्रभावकारी नभएको गुनासो बढेपछि उहाँले यी कार्यालयका प्रमुखलाई बलाएर यस्तो निर्देशन दिनुभएको हो ।
जिल्लाका सवै टेलिफोन टावर मर्मत सभार तथा प्रभावकारी बनाउन निर्देशन दिईएको छ । विद्युतको लाईन सुधार गरी भरपर्दो सेवा दिन निर्देशन दिईएको छ ।







