प्रजिअद्धारा छट्के अनुगमण

जाजरकोट , सदरमुकाम स्थित रहेका तीन वटा सरकारी कार्यालयको अनुगमण तथा निरीक्षण गरिएको छ ।
शिक्षा , नापी र मालपोत कार्यालयको अनुगमन तथा रिीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । अनुगमण गर्दा सेवा प्रवाह सन्तोषजकन नभएको , काम गर्ने तरिकामा ढिला सुस्ती भएको र ईन्टरनेटको समस्य रहेको पाईएको उहाँले बताउनुभयो ।
जिल्लाको विद्युत र टेलिकम सेवा समेत प्रभावकारी नभएकाले सो प्रभावकारी बनाउन लागि पहल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
जनताका काम छिटो , छरितो गर्नका लागि कार्यालयमा कर्मचारी नियमितता र मुस्कान सहितको सेवा दिनुपर्नेमा उहाँको भनाई छ ।










