मौसम परिवर्तनको असर र सावधानी

ऋतु परिवर्तनसँगै मौसम फेरबदल हुन्छ । हावाको मात्रा तथा तापक्रममा उतारचढाव आउँछ । जसको प्रत्यक्ष प्रभाव हाम्रो स्वास्थ्य र दैनिकीमा पर्छ । मनसुन सकिनै लागेको छ र शरद ऋतुको आगमन हुँदै छ । त्यसैले अब वायुमण्डल तथा वातावरणमा आद्रता कम हुँदै जान्छ ।

बदलिँदो मौसमसँगै हाम्रो स्वास्थ्यमा संक्रमण देखिन सक्छन् । जस्तैस् भाइरल ज्वरोको प्रकोप, एलर्जी, टन्सिल, छालासम्बन्धी अन्य रोग, आँखा पाक्ने इत्यादि । हामीले सावधानी अपनाउन सक्यौँ भने स्वास्थ्यमा उत्पन्न हुने विभिन्न प्रकारका रोगबाट बच्न सकिन्छ ।

कस्तो समस्या देखिन्छन् 
मौसम परिवर्तनका कारण विशेषतः दुईखाले रोग देखापर्छन् । भाइरल इन्फेक्सन र पेट तथा आन्द्रासम्बन्धी रोग । भाइरल इन्फेक्सन अर्थात् सामान्य रुघाखोकी, इन्फ्लुन्जा, भाइरल ज्वरो देखापर्न सक्छ । पेट तथा आन्द्रासम्बन्धी रोग झाडापखलाजन्य समस्या हो । अहिले महामारीको रूपमा देखिएको डेंगु यसअन्तर्गत नै पर्छ । डेंगुबाट धेरै मानिस त्रस्त छन् । तर, सबैले बुझ्नुपर्ने के छ भने, सबै भाइरल फिभर डेंगु होइन । त्यसैले भाइरल फिभर भएका व्यक्तिले नआत्तिई औषधि उपचार गर्नुपर्छ । जुन मानिसमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको कमी छ, त्यस्तालाई चाँडै मौसमी रोगले भेट्ने गर्छ ।

सावधानी
रोगको संक्रमण हुन नदिन सरसफाइमा ध्यान पु¥याउन जरुरी छ । घरभित्र तथा बाहिर सरसफाइ गरिसकेपछि साबुनपानीले राम्ररी हातखुट्टा धुनुपर्छ । उच्च जोखिममा रहेका बिरामी जस्तैः मधुमेहका रोगी, इमिनो थेरापी ९एलर्जीको कारण पत्ता लागिसकेपश्चात् त्यसलाई दबाउने औषधि० खाइरहेका व्यक्तिले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । प्रशस्त मात्रामा पानी पिउने, तुरुन्त गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा आवतजावत गर्नुहुँदैन ।

खानपानमा विशेष ध्यान दिनुपर्छ । चिसो पेयपदार्थ, आइसक्रिमबाट टाढै रहने, घर बाहिर जाने समयमा धुवाँ–धुलोको प्रदूषणबाट बच्न सधैँ मास्क प्रयोग गर्नुपर्छ । बाइक वा स्कुटरको प्रयोग गर्दा नाकमुख छोप्ने गरी हेलमेटको प्रयोग गर्नुपर्छ । खासगरी वृद्धवृद्धा र बालबालिकले स्वास्थ्यको ख्याल गर्नुपर्छ र अभिभावकले पनि सजगता अपनाउनुपर्छ ।

समस्या देखिए के गर्ने 

सावधानी अपनाउँदाअपनाउँदै पनि संक्रमण हुन सक्छ । सामान्य भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला आदि देखापर्न सक्छ । यस्तोमा चिकित्सकसँग सरसल्लाह र परामर्श लिएर त्यसैअनुसार उपचार गर्नुपर्छ ।
रुघाखोकीको संक्रमण भएमा तातोपानीको बाफ लिनुपर्छ । नुनपानीले मुख कुल्ला गर्ने तातो झोलीय पदार्थ पिउने गर्नुपर्छ ।
प्रशस्त मात्रामा फलफूल, जुस, क्वाँटी तथा गेडागुडीको झोल खाने, पानी धेरै मात्रामा पिउने गर्नुपर्छ । शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।
यो समयमा लामखुट्टेको संक्रमण धेरै हुने हुँदा लामखुट्टेबाट लाग्ने रोगबाट बच्न कीटनाशक झुलको प्रयोग गर्नुका साथै आफ्नोवरिपरिको वातावरण सफा राख्न विशेष ध्यान दिनुपर्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!