दशैँदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

काठमाडौँ ः दशैं तथा तिहार र छठ पर्वलाई लक्षित गर्दै निजी वायुसेवा कम्पनीहरुले हवाई टिकटमा १० प्रतिशत छुट दिने भएका छन् । वायुसेवा सञ्चालक संघ नेपाल ९आयोन०को बैठकले यात्रुको यात्रा सस्तो र सहजताका लागि १० प्रतिशत छुट दिने निर्णय गरको हो ।
बैठकले यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत छुट दिने जनाएको छ ।
आगामी असोज १२ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका हुन् ।
बिमानस्थल कर र इन्धनको मूल्यमा बाहेक बायुसेवा कम्पनीले लिने भाडामा छुट दिन लागिएको आयोनका अध्यक्ष क्या। रामेश्वर थापाले जानकारी दिए ।
पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।
विगतका दशैंमा यसबेला सबै कम्पनीको उडानका टिकट सकिन्थे, अहिले भने नियमित उडानका टिकटसमेत बुकिङ हुने क्रम जारी छ ।
यसबाहेक कम्पनीहरुले दशैं–तिहारमा बढी चाप हुने समयमा अतिरिक्त उडान थपेर पनि टिकट काट्ने गर्छन् । यात्रुको माग अनुसार उडान थपघट हुने थापाले बताए ।
दशैंको मुख पारेर श्री एयरलाइन्सले दुई र बुद्ध तथा यति एयरलाइन्सले एकरएक जहाज यसै वर्ष थपेका छन् । ती चारवटै जहाज ७० सीटभन्दा माथिका रहेका कम्पनीले जनाएको छ ।










