दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौ , तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ रु यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम ९आरटिजिएस० ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ।
बैंकका अनुसार रु दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो। यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो। यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ।
आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन्। त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ। यस्तै खाता भएरनभएको, खातामा पैसा भए÷नभएको तथा खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिनेछ। यसबाट समयको बचत हुने छ। यस्तो प्रणाली तत्कालका लागि भने ऐच्छिक मात्रै हुनेछ। सबै ग्राहक अभ्यस्त भइसकेपछि पूर्णरुपमा लागू गर्ने केन्द्रीय बैंकको भनाइ छ।
यस प्रणाली लागू भएपछि चेक क्लियरिङमा कुनै समय लाग्दैन। सामान्यतया चेक क्लियरिङमा २४ घण्टा समय लाग्दै आएको छ। यस्तो व्यवस्था तत्कालका लागि भने रु दुई लाख माथिको कारोवारमा मात्रै लागू हुनेछ। त्यसभन्दा तलको परिमाणको रकममा भने चेक आवश्यक पर्नेछ। आरटिजिएस प्रणालीमा सबै उपभोक्ता अभ्यस्त भइसकेपछि भने जुनुसुकै परिमाणको रकममा समेत चेक काट्नु नपर्ने अवस्थाको अन्त्य हुनेछ। यो प्रणालीले तत्कालको तत्काल नै रकम जम्मा हुनेछ।
सो प्रणालीको शुरुआत गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आरटिजिएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको बताए। उनले भने, “यो अन्तर्राष्ट्रिय प्रकारको प्रणाली हो। यसले पारदर्शी कारोवार प्रणालीलाई थप व्यवस्थित गर्छ। हामी बैंक तथा वित्तीय संस्थालाई थप व्यावसायिक र पारदर्शी बनाउन लागिपरेका छौँ।”
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यही भदौ २२ गते नै आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरिसकेको छ। राष्ट्र बैंकले यही भदौ १९ गते आरटिजिएस नियमावली ल्याएको थियो। सोही नियमावलीअनुसार नै भदौ २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो।
केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ। उहाँका अनुसार जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै उसै दिन साटिने गरेको छ।एउटा बैंकको चेक अर्कोमा साट्दा पैसा जम्मा हुन कम्तीमा पनि एक दिन लाग्ने बाध्यता आरटिजिएस प्रणालीले अन्त्य गरिदिनेछ। कार्यकारी निर्देशक मिश्रले भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकका छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने बताए। सामान्यतया एउटा चेक छाप्न ८० पैसासम्म खर्च लाग्ने गरेको छ। बैंकका हजारौँ ग्राहकलाई अनिवार्य रुपमा नै चेक दिनुपर्ने हुन्छ। त्यस आधारमा चेकका लागि नै ठूलो रकम खर्च हुने गरेको छ।










