नेपाल यूवा परिषद नेपाल जाजरकोटको अध्यक्षमा विक

कालीबहादुर नेपाली जाजरकाेट । नेपाल यूवा परिषद नेपाल जाजरकोटको अध्यक्षमा प्रविन विक निर्बाचित भएका छन् । शुक्रबार भेरी ज्ञानोदय क्याम्पसमा भएको एक कार्यक्रममा विक निर्वाचित बनेका हुन ।
जाजरकोटको नलगाड नगरपालिकामा जन्मिएका विक सानै देखि नेतृत्वदायि भुमिका खेल्दै आएका छन् । यस्तै, यूवा परिषद नेपाल जाजरकोट शाखाको उपाध्यक्षमा सुरेश विक र तविता विक निर्वाचित बनेका छन् भने महासचिवमा नारायण मान रोकाय निर्वाचित बनेका छन् ।
संस्थाको कोषाध्यक्षमा नन्दकला पुन खड्का र सचिवमा सुमित्रा विक निर्वाचित बनेका छन् । स —सचिवमा गोरखबहादुर सार्की बनेका छन् । संस्थाको वरिष्ठ सदस्यमा जाजरकोट प्राविधिक कलेजमा शिक्षक प्रकाश चदारा र अन्य
जाजरकोटका ७ वटा स्थानीय तहहरुका यूवायूवती हरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष विकले जाजरकोटका प्रत्येक यूवाहरुलाई सचेत बनाई जाजरकोट जिल्ला र समाज रुपान्तरणका अभियान थाल्ने बताएका छन् ।

उनले भने, सरकारले सन् २०२० लाई नेपाल भम्रण बर्षको घोषणा गरेको छ । यसलाई सफल बनाउन यूवा परिषदले महत्वपुर्ण भुमिका खेल्ने छ । असोज १० गते जाजरकोटमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
यूवा परिषद नेपाल जाजरकोटका विभिन्न गाउँ र बस्तीमा पुगी समाज रुपान्तरणको मेरुदण्ड बन्ने कुरामा उनले जोड गरे ।
कार्यक्रममा जाजरकोटका यूवा धर्मराज परियारले उद्यम विना कसैको पनि जिन्दगी चल्दैन उद्यम गर्न सबै लाग्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन पत्रकार कालीबहादुर नेपालीले गरेका थिए ।











