स्वतन्त्र दलित विद्यार्थी संगठनको अध्यक्षमा धनबहादुर 

निशुल्क उच्च शिक्षाको माग गर्दै, मध्यपश्चिम विश्व विद्यालय सुर्खेतमा बिहिबार स्वतन्त्र दलित विद्यार्थी संगठनको प्रथम भेला सम्पन्न भएको छ ।

भेलाले धनबहादुर नेपालीको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

निशुल्क उच्च शिक्षा प्राप्तिका लागि सबै दलित विद्यार्थी एक होऔं भन्ने मुल नारा सहित सम्पन्न भएको मध्यपश्चिम विश्व बिद्यालय स्वतन्त्र दलित विद्यार्थी संगठन प्रथम भेलाले अध्यक्षमा धन बहादुर नेपालिलाई चयन गरेको छ भने, उपाध्यक्षयमा ज्योति बि क, सचिवमा टेकम बिक सह सचिवमा सरेश सार्कि, कोषाध्यक्षमा कल्पना वि क, सदस्यहरुमा मनिशा वि क, करिशमा वि क लगाईत सदस्यहरु रहेका छन ।

उच्च शिक्षा प्राप्त गर्न दलित बिधार्थीहरुलाई सरकारले बन्चित गराउन लागेको बताउदै स्वतन्त्र दलित विद्यार्थी संगठनको आबश्यक भएको नव निर्वाचित अध्यक्ष नेपालीले बताए ।

दलित विद्यार्थीहरुका हक, अधिकारलाई सामुहिक रुपमा उठाउनको लागी यो संगठन निमार्ण गरिएको समिठिका अध्यक्ष नेपालिको भनाई रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!