पहिरोमा परि एकजनाको मृत्यु, एकजना घाइते

कालीबहादुर नेपाली जाजरकाेट ।

हिजाे राती पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका ६ सुवाउलीका १८ बर्षिय खड्क बहादुर रावतको स्थानीय समुदायमा लाग्ने मेला हेरेर फर्कने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनी संगै गएका बर्ष १५ का निमबहादुर रावत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइते रावतको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!