गरे के हुन्न र ? रामचन्द्रको राम जस्तै काम

डोल्पा ःविकासका हिसावले अत्यन्तै पछि परेको डोल्पा , त्यसमा पनि उपल्लो डोल्पाको काईके गाउँपालिका ? जहाँ संसारकै लोपोन्मुख भाषा काईके अझै स्थापित छ ।
उहाँ यातायातको सहज पहुँच नहुँदा स्थानीयवासीहरु पिठ्यूमा बोकेर दैनिक आवश्यक सामग्री लिने गर्दछन् । त्यहाँको असहजतालाई मध्यनजर गदै काईके गाउँपालिका ७ का वडा अध्यक्ष रामचन्द्र रोकायले किसानको जीवनस्तर बदल्नका लागि नयाँ योजना स्थापित मात्र गरेन्न , खुसी पनि थपिएको स्थानीयहरु बताउँछन् । भुगोलका हिसावले ठुलो रहेको डोल्पा ठाउँ भने अत्यन्तै विकट तर प्रकृतिक सम्पदा , जडीवुटी आदीका हिसावले यो ठाउँ अत्यन्तै उर्वर मानिन्छ ।
उमेर पनि खासै पाको नभएका रामचन्द्र रोकाय काम भने निकै पोको देखिएका छन् । काइके गाउँपालिकाका मुनाल प्रावि,भक्ति थापा प्रावि,बालकल्याण प्राविमा आफनै एकल प्रयासमा बैकल्पिक उर्जा प्रबद्धन केन्द्रसँग समन्वय गरी प्रति स्कुल १००० वाटको सोलार वितरण साथै काइकेका वडा नं ६,७ प्रत्येक ११० घरधुरीलाई ५२ वाटको सोलार वितरण गरी स्थानीयलाई खुसी बनाएका छन् ।
बिकटका जनताहरु विद्युत नहुँदा रुख फडानीमा न्युनीकरण आएको छ । लोइटो सल्लोको रुखवाट झरोबाली उज्यालो बनाउने परम्परागत कार्य समेत अहिले कम भएको छ । सोलारले दैनिक प्रशासनिक कार्य गर्न,कम्प्युटर चलाउन,विद्यालयका चिठी पत्रहरु प्रिन्ट गर्न सजिलो भएको मुनाल प्राविका प्रधानाध्यापक कमल महतराले बताउनुभयो ।
गाउँमा खानेपानीका धाराले बनायो सहज
यहाँका स्थानीय वासीहरु खोपानीको जोहो गर्न आधा घण्टा टाढा हिडेर लाईन लागि पानी भर्नु पथ्यो , तर अहिले रामचन्द्रको पहलमा गाउँ , गाउँमा पानीका धारा जडान पछि स्थानीयलाई सहज मात्र भएको छैन् , समयको वचन पनि भएको स्थानीय ४० वर्षीय लोहानी रोकायले बताउनुभयो ।
गाउँपालिकाको वजेटवाट लावण गाउँमा प्रत्येक घरघरमा धारा तथा वनटाँडामा प्रत्येक टोलटोलमा धाराहरु निर्माण भएपछि यो खुसी भएको हो ।
व्यास तपोभुमी÷व्याशऋषि मन्दिर तथा धर्मशाला निर्माण
डोल्पा जिल्ला धार्मीक,ऐतिहासिक,प्राकृतिक तिर्थस्थलहरु अनगिन्ती छन्। व्याश तपोभुमी,व्याशऋषि अति नै महत्वपुर्ण तिर्थस्थल पनि काइके गाउँपालिकाको वडा नं ६ र ७मा पर्दछ । सतीदेवीको संवेदनशील अंग पतन भएको किम्वदन्ती तथा ढुंगामा अंगको प्राकृतिक मुर्ति पनि साक्षात्कार गर्न सकिन्छ।
परापुर्वकालमा व्याशऋषिले तपस्या गरेको भएकोले यो अतिनै पवित्र स्थलमा जहाँ प्राकृतिकरुपमा १०८ धारा बाट आफसेआफ पानी नुहाउन सकिन्छ ।
गाउँघरमा कस्को घरमा आगो वलेको छैन,को को विरामी छन,बिरामी भए सदरमुकाम दुनै तथा नेपालगंज,सुर्खेतसम्म पेलेनभाडा तथा औषधीउपचार खर्च पनि व्यवस्था पनि वडाअध्यक्षले गरिदियको जगत रोकाय बताउछन् ।










