छेप्कामा मह प्रशोधन केन्द्र स्थापना

जाजरकोट ,  महको पकट क्षेत्रको रुपमा रहेको जिल्लाको नलगाड नगरपालिका – २ छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएको छ ।


नगरपालिकाको –१, २, ३ र ४ मा बढी मह उत्पादन हुँने भएपछि यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रु ५० लाख सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण गरिएको हो । जाजरकोटलाई माहुरी जोन स्थापना गरि काम सुरु भए सँगै नलगाडमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । नलगाड नगरपालिकाले पनि यो क्षेत्रलाई महको पकट क्षेत्र घोषणा गरेको छ ।

किसानहरुको आर्थिक रुपमा जीवन स्तर उकास्न यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो । यस क्षेत्रमा ३ हजार २ सय भन्दा बढी घरधुरीले मौरीबाट मह उत्पादन गर्ने सेते बुढाले बताउनुभयो ।

जाजरकोट – डोल्पा सडक खण्ड भित्र पर्ने यो क्षेत्र व्यापारिक दृष्ट्रिकोणले अत्यन्तै महत्वपुर्ण रहेको उहाँले बताउनुभयो । सो प्रशोधन केन्द्र ज्वाला साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वमित्वमा रहेको छ । यो भन्दा पहिले मह प्रशोधन नगरी कृषकहरुले विक्री , वितरण गदै आएका थिए ।

जसका कारण उत्पादित मह प्रशोधनको अभावमा घाटा लाग्दै आएको थियो । अव प्रशोधन केन्द्र स्थापना सँगै यहाँका किसानहरुले घर नजिकै मह प्रशोधन गरेर वजारीकरण गर्ने बताएका छन् ।

जाजरकोट , रुकुम र डोल्पाका स्थानीयवासीले यहाँ मह प्रशोधन गर्न पाउने सहकारीकी प्रवन्धक चन्द्रा थापाले बताउनुभयो ।





error: Content is protected !!