पोषण एप्स देखि माटो जाँच ः कृषकको जीवन स्तर परिर्वतन गदै भेरी नगरपालिका


हेमन्त केसी
जाजरकोट ,  अघेल्लो आर्थिक वर्षमा कृषकका घर , आंगनमै गएर माटो जाँच गरी सुहाउदो बाली लगाउँन प्रत्साहन गरेको भेरी नगरुपालिकाले यो वर्ष पनि निरन्तर दिने भएको छ ।
भेरी नगरपालिका जिल्लाकै सबै भन्दा बढी खेती योग्य जमिन र सम्भावना भएको स्थानीय तह भएकाले यसको समुचित विकास गरी कृषकको जीवनस्तर सुधार गर्न गुरु योजना निर्माण गरी काम थालनी गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । जिल्ला सदरमुकाम समेत रहेको भेरी नगरपालिकामा सवै खालका सम्भावना हुँदा , हुँदै पनि पछाडी पर्नुपर्ने चिन्तालाई सफलतामा वदल्न नयाँ विकासको लागि गुरु योजनाले नयाँ छलाङ्ग निर्माण गर्ने नगरप्रमुख घर्तीले बताउनुभयो ।

यहाँका किसानलाई व्यवसायिक बनाई आर्यआर्जनमा सुधार ल्याई आत्मनिर्भर बन्नका लागि माटो जाँच एक महत्वपुर्ण कार्य भएको र सोही अनुसार नयाँ जातको बिउँको सिफारिस भएको नगरपालिका कृषि शाखाका यज्ञ अधिकारीले बताउनुभयो ।
पर्याप्त खेती योग्य जमिन हुँदा हुँदै पनि किसानका खेतबारीहरु बाँझै हुनु दुखत भएको भन्दै अव प्रति किसानलाई व्यवसायिक रुपमा आत्मनिभैर बनाई अर्थउपार्जनमा टेवा पुर्याउन नगरपालिकाले विगत देखि बजेट व्यवस्थापन र प्राविधिक सहितको टोली गाउँमा खटाएर कामको सुरुवात गरेको नगरउपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो । भेरी नगरपालिकाको वार्षीक समिक्षा गोष्टीमा सवै वडाका वडा अध्यक्षले किसानका समस्यलाई मुख्य रुपमा लिएमा मात्र यहाँको मुल समस्य हल हुँने कुरामा जोड दिएका थिए ।
यो आर्थिक वर्षमा भेरी नगरपालिकाले ६० ठाउँमा नयाँ माटो जाँच गरी सोही अनुसारको बाली सिफारिस गर्ने उद्घोष गरेको भण्डारीले जानकारी दिनुभयो । पैसा छरेर मात्र विकासको गती पकटन नसकिने भन्दै नगरप्रमुख घर्तीले भन्नुभयो , “ पहिला किसानले म , मेरो लागि गर्छु भनी आफ्नो आत्मलाई साँची राखेर सोच्न पर्दछ , अनि मात्र नगरको लगानीले सार्थकता पाउँछ , ।”त्यस्तै भेरी नगरपालिकाले स्वास्थ्य तथा सरसफाई नीति निर्माण सम्बन्धी छलफल र कामको शुरुवातीका विषयमा पनि छलफल गरेको छ ।

नगरभित्रका कोही जनता पनि रोगी भएर अर्थ अभावकै कारण ज्यान जाँन नपावस भन्दै त्यसका लागि प्रत्येक टोलमा स्वास्थ्य शिविर सञ्चालन कार्य गरेको नगरले यो वर्ष थप त्यस्ता कार्यक्रमहरु निरन्तरता दिने बताएको छ । नगरभित्र रहेका आम जनतामा कस्तो खालको रोगको संकक्रमण र समस्य बढी छ , त्यो केलाएर सोही अनुसारको उपचार बिधि प्रयोग गर्न लागिएको स्वास्थ्य शाखाले बताएको छ ।

अर्थ अभावकै कारणले गर्दा उपचार नपाएर ज्यान जाने कुरा कम मार्मीक नभएको भन्दै यसको हल गर्न नगरले सवै वडामा रहेका स्वास्थ्य संस्थाको स्तरउन्नती र दरबन्दी अनुसारको स्वास्थ्यकर्मी परिचालन , खटनकार्य थप कडा गरीने भएको छ । मानिस स्वास्थ्य हुँनका लागि पोषण यूक्त खाना र गर्भ अवस्था देखि हजार दिनको समय महत्वपुर्ण भएकाले यो समयमा बढी जोड दिनुपर्ने भन्दै नगरले पोषणमा जोड दिन सुआहारा सँग मिलेर सहयोग गदै आएको छ ।

हिजो मात्र पोषण एप्स सञ्चालनमा ल्याएको छ । ९ बटा मेनु रहेको एप्समा नेपालकै पहिलो पोषण एप्स रहेको बताएको छ । भेरी नगरपालिकाको संमृद्धीका लागि सवै व्यक्ति मेरो नगर भनेर लाग्नुपर्ने कुरामा समेत जोड दिईएको छ । नगरलाई हरियाली र पर्यटन प्रवद्धनका लागि भ्यूटावर निर्माणको काम सुरु भएको छ । नगरलाई हरीयाली बनाउनका लागि वृक्षरोपनका कार्य सुरु भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!