प्रदेशसभा सदस्य देखि स्थानीय तहका सवै प्रमुखले गरे प्रजिअको बिदाई

जाजरकोट , जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको बिदाई कार्यक्रममा सांसद देखि स्थानीय तहका सवै प्रमुखले बिदाई गरेका छन् ।
बस्नेत जाजरकोबाट पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेपछि उनको आज बिदाई गरिएको हो । बिदाईको क्षणमा स्थानीय तहका प्रमुखहरुले जिल्लामा सरल तथा जेहेन्दार अनि लेखक प्रजिअ कहिले नपाउँने भन्दै आँखाबाट आँसु रसाउदै विदाई गरेका छन् ।

प्रजिअ बस्नेतले आँखाबाट आँसु झादै कर्मचारी भएपछि सरकारको खटाएको ठाउँमा जानुपर्ने बाध्यता रहेकोले खुसी साथ गएको बताए ।
जिल्लामा प्रजिअ सरुवा हुँदै सवै भन्दा बढी बिदाईमा सहभागीता र आँखाबाट सवैले आँसु झारेको पहिलो घटना भएको छ । फेरी पनि सरुवा मिलाएर जाजरकोट आउँन सवैको आग्रह रहेको छ । कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बस्नेतको सरुवाले जिल्लाको एक वौद्धिक व्यक्तित्व र कुशल प्रशासकलाई विदा गर्न मन नहुँदा नहुँदै विदा गरिएको बताए ।










