शुसासन कायम गर्न पत्रकार र नागरिक समाजविच अन्तरक्रिया

Image may contain: 2 people, people sitting, table and indoorकालीबहादुर नेपाली जाजरकाेट ।

जाजरकोट जिल्लामा शुसासन कायम गर्न पत्रकार र नागरिक समाज वीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । FHI 360० पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत सुन्दर नेपाल सस्थाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला साखा जाजरकोटको समन्वयमा उक्त कार्यक्रम भएकाे हाे । कार्यक्रममा बोल्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी एवम अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी ललितकुमार बस्नेतले जाजरकोट जिल्लामा् शुसासन कायम गर्न पत्रकाहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।

Image may contain: 2 people, people sitting and indoor

उनले भने , जाजरकोटमा सात वटा स्थानीय तह छन् । कतिपय स्थानीय तहमा सुशासन सम्बन्धी कुनै पनि काम गरेको देखिदैन स्थानीय तहले गर्नुपर्ने काम समेत नहँदा सुशासन कायममा समस्या भएको हो ।

पत्रकार मित्रहरुले जुन काम गरिरहनुभएको छ । यो उल्लेखनीय छ ,आगामी दिनमा अझ शसक्त भएर लाग्नु हुनेछ । नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिहंले जाजरकोट जिल्लामा सुशासन कायम गर्न हामीले सामाजिक सञ्जालमा भएको सवाललाई मात्र उठाउनु भन्दा खोजमुलक गरेर विभिन्न मुद्धाहरु उठाउनु आवश्यक रहेको बताए । उनले भने, जाजरकोटमा पनि विभिन्न पत्रकारहरु यो कुरा सुन्दा अनेथा होला हामी कसैको पछि पर्नुभन्दा हामी आफै सक्षम हुन आवश्यक छ ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सचिव हेमन्त केसीले समाजमा भएका सबै घटनाहरुलाई पत्रकारहरुले मात्र समाधान गर्छन भन्ने होइन पत्रकारहरुले सवाल उठाउने हो । यसलाई समाधान गर्न सबैको ठुलो हात रहेको उनको भनाई थियो ।Image may contain: 2 people, people sitting, people on stage and indoor

अन्तरक्रिया कार्यक्रममा जाजरकोट जिल्लामा सञ्चालित विभिन्न संघ संस्थाका प्रतिनिधी,नेपाली प्रहरी ,नागरिक समाजका प्रतिनिधी लगायत पत्रकारहरुको उपस्थिती रहेको सुन्दर नेपाल जाजरकोट शाखाका प्रमुख रवि चन्दले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!