पत्रकारको नजरमा ः जाजरकोटका प्रजिअ सरुवा , जाजरकोटी किन भए दुखी ?

 हेमन्त केसी

दुनियाँलाई लाग्छ , प्रमुख जिल्ला अधिकारी भन्न वितिकै कडा स्वभाव र तानाशाह व्यवहार , तर जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यो व्यवहार र शैली भने कहिले देखिएन् ।
उहाँ सवै व्यक्तिलाई एकै नाँसको व्यवहार मात्र होईन, जनसाधारणको समस्यलाई नजिक बाट नियाल्ने एक जनताका सेवक हुँनुभयो । पहिलो पटक जाजरकोटका ७ वटा स्थानीय तहमा पुगेर अभिभाकत्व समेत प्रदान गरेका प्रजिअ बस्नेतले जिल्लाका सवै कर्मचारी , जनसाधारण र अन्य सवैलाई समानता मात्र होईन् , न्यायोचित व्यवहारले गर्दा सवैको मनमुटुमा वस्न सफल हुनुभयो । जनताको दुखलाई आफ्नो दुख ठान्ने उहाँको शैलीकै कारण सवैका आँखामा अटानुभएको हो ।
जाजरकोट जिल्लामा विसं २०२८ साल देखि हाल सम्म जम्मा ३९ जना प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी पाएको तथ्यांकमा उल्लेख छ ।

ती मध्ये जिल्लाको प्रमुख प्रशासकको रुपमा सीमित व्यक्तिहरु मात्र जनताको मन मुटुमा बस्न सफलभएको देखिन्छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आएर सबैको मन जितेर आमजनताको आँखाको नानी बन्न सफल भएका प्रमुख जिल्ला अधिकारी मध्ये एक हुनः हालका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत ।

२०७५ साल जेठ देखि जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्न आएका बस्नेतको यही भाद्र १२ गते निर्णयले पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएकोले विदाई हुने आखिरी समयमा हुनुहुन्छ । जाजरकोटका आम नागरिक भने प्रजिअ बस्नेत छिट्टै विदाई हुने खबर सुनेर मन अमिलो बनाइरहेका छन् ।

हुँन त , एक राष्ट्रसेवक कर्मचारी एकै ठाउँमा वसेर सेवा गर्ने निजामती ऐनमा नभएपनि प्रजिअ बस्नेतललाई जाजरकोटले सधै जिल्लामा बसे हुँने थियो भन्दै फेसवुकमा प्रमिलो भाव प्रकट गरेका छन् ।
मैले उहाँबाट यस्ता खास व्यवहारबाट मन जितेको देखे ?
जनताको शासक नभएर सेवकजस्तो व्यवहार ः
कोही नहुँनेको भगवान हुन्छ भनेझै , भगवानकै रुपमा आफुलाई स्थापित गरेका प्रजिअ बस्नेत सवैको मन जित्नुभयो । जति बस्नु भयो , सोही समय भरपुर रुपमा जनतामैत्री भएर सेवा प्रवाह गरेको देखियो । हुँन त उहाँ प्रजिअ मात्र होईन् , एक कुशल लेखक पनि पनि हो । उहाँका लेख तथा रचनाले पनि उहाँलाई जाजरकोट सँग थप साँईनो नगासेको होईन् ।

जिन्दगीका हरेक मोडमा पनि सरल सेवामैत्री भाव अनि मसिनो कुरालाई पनि ख्याल गरी आवाज विहिनको आवाज भएर न्याय दिलाउने उहाँको त्यही स्वभावले गर्दा भगवानले पनि ललित नाम जुराएको हुँनुपर्छ । ललितको अर्थ चित्त प्रशन्न पार्ने , प्यारो प्रिय , सुन्दर भन्ने त्यतिकै लागेको होईन् । वास्तवमा अधिकांश निजामती कर्मचारीहरु आफूलाई शासक ठानी जनताहरुलाई शासकिय शैली जस्तो व्यवहार गर्ने गरेको गुनासो सवैतिर सुन्ने गरिन्छ।

प्रमुख जिल्ला अधिकारी त झन आफूलाई जिल्लाकै राजाको रुपमा लिई अरु सबैलाई हेप्ने, पेल्ने, अनावश्यक अहंकार देखाउने गर्दछन् तर प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने जनताको सेवक जस्तो सबै सँग समान व्यवहार गर्ने, गरीव, विपन्न , सामान्य नागरिकहरुलाई समेत उचित सम्मान एवं आदर सत्कार गर्ने प्रशंसनिय कार्यले गर्दा थप उचाई नवढेको होईन् ।

धेरै सेवाग्राही एवं सरोकारवालाहरुका समस्या,गुनासो फोनबाटै समेत सम्वोधन गर्ने वानी र जो सुकैले सजिलै आफ्ना कुराहरु राख्न पाउने वातावरण सृजना भएकोले आमजनतामा उहाँको फरक छवि बनेको छ ।

जनताकादुःख सुखमा साथ ः
जहाँ दुख , त्यहाँ आफै पुगेर प्रजिअ बस्नेतले सुख, दुख साँट्ने र सहानुभुती प्रकट गर्ने एक फरक शैलीले गर्दा उहाँलाई मानिसले नजिक बाट निचे । दुख पर्दा सम्झने र सफलता हुँदा थप हैसला दिने व्यक्ति नै सवैको खास अभिभावक बन्ने मात्र होईन, दिशा निर्देशन गर्ने दिशा सुचक यन्त्र जस्तो चलाएमान पनि हुन्छ , त्यो गुण प्रजिअ बस्नेतमा सधै झल्किन्थ्यो ।


। तपाई आफै भन्नुहोस , यति छोटो बसाईमा भारी सफलता पाउँनु र त्यतिकै माया पाउँनु एक प्रशासकका लागि सामान्य र चानचुने कुरा होईन् । गत वर्ष साउनमा जुनीचाँदेमा पहिरोमा परी एकजनाको मृत्यु र केहि घाइते भएपछि घाइतेको उपचारको लागि भारी वर्षा र डर लाग्दा खोलाहरुको प्रर्वाह नगरी तत्काल चिकित्सक सहितको टोलि लिएर मोर्क बजार सम्म पुगेको घटना अहिले पनि अनौठो मानी सम्झन्छन प्रजिअसँगै साथमा गएका जुनीचाँदेका स्थानीय युवा एवं भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशम खड्का ।

यसैगरी गतवर्ष साउन अन्तिम साता नलगाडको कालीमाटी क्षेत्रमा विध्वंसकारी बाढीपहिरो आएर ३ वटा ट्रस्ट पुल समेत बगाई सबैतिर अस्त व्यस्त छाएको अवस्थामा पनि अनेक प्रतिकूलता चिर्दै पहिरो पन्छाउदै काठको लाप्को तरेर भए पनि दल्ली पुगी बाढीपहिरो पीडित एवं विस्थापितलाई राहत सामग्री बाँड्न जाँदा त्यस क्षेत्रका जनताले आफ्नो अभिभावक पाएको अभिव्यक्ति दिएका नदिएका होईन्न ।

यसैगरी विभिन्न सडक दुर्घटनामा परेका घाइतेको तत्काल उद्धार एवं मृतकलाई राहत र क्षतिपूर्तिको लागि प्रजिअ बस्नेतले देखाएको सक्रियताले आमजनताको हृदयमा बस्ने अर्को स्पेश बन्यों ।

 जिल्लाका ७ वटा स्थानीय तहमा पुग्ने पहिलो प्रजिअ
३९ जना प्रमुख जिल्ला अधिकारी मध्य फरक शैली र जाजरकोटका सवै भुगोल सँग चिनचान गर्न सफल भएका ललितकुमार बस्नेत जिल्लाका ७ वटा स्थानीय तहमा पुग्नुभएको छ । जिल्लाका सवै अधिकारी लिएर गाउँमै सेवा प्रवाह गर्ने उदेश्यले सायद ईतिहासमै पहिलो यति धेरै सेवा उहाँको पालामा गाउँमा भएका थिए ।


एकिकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ, शान्ति, सुरक्षाको अवस्थाको स्थलगत अध्ययन, विकास निर्माण गतिविधिको अनुगमन, निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी बस्नेत सबै स्थानीय तहमा पुगिसकेका छन्। बारेकोट, कुशे र जुनीचाँदे जस्ता विकट गाउँपालिकामा पुग्ने पहिलो प्रमुख जिल्ला अधिकारी भएकोले पनि हुनसक्छ, ती ठाउँमा जाँदा जनताको अपार माया र स्नेह पाएको स्वयं प्रमुख जिल्ला अधिकारी बताउँछन् । एकीकृत घुम्ती सेवा कार्यक्रम गर्दा स्थानीयतहहरुसँग राम्रो सहयोग र समन्वय कायम गरेकोले पनि जिल्लाका भारी जनसाधारणले सेवा पाए ।

फरक बाँनी
प्रमुख जिल्ला अधिकारी आचारण हिसावले पनि अरु भन्दा फरक देखिन्छन् । मद्यपान, धुम्रपान, जुवातास देखि सधैं टाढा रहने प्रजिअ बस्नेत सधैं फुर्सदको समय सृजनशीलकाममा उपयोग गरेको देखिन्छ । यो अवधिमा भ्रष्टाचार, कमिसनमा संलग्न भएको पनि कही कतैबाट सुन्नमा आएन ।

अरु विभिन्न कार्यालयका प्रमुखहरुसँग बुझ्दा पनि उहाँले कसैबाट अनुचित लाभ लिएको गुनासो आएन । कृषिज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकाय उहाँलाई सम्झदै भन्नुहुन्छ , “ विगतमा केही तवाव र रवार कही , कत्तै नदेखिएको भने होईन , यो पटकको प्रजिअले भने जनताको सेवा प्रभावकारी बनाउने बाहेक अन्य कुनै कुराको माग गरेको मैले देख्ने र सुन्ने गरेको समेत छैन । ”

केही नयाँ प्राविधिको विकास र सेवा प्रवाह
सूचना लुकाउने र पत्रकारलाई जानकारी नगराउने व्यापक गुनासो विगतका वर्षमा धेरै आउँने गर्दथे । अझ भन्यौ , आफु अनुकुलका व्यक्तिलाई प्रयोग गरेर कसैलाई सिध्याउने खेलका कोही प्रजिअ नलागेको पनि होईन्न । तर ललित बस्नेत प्रजिअ हुँदा त्यस्तको खालको आभास भने जाजरकोटका कुनै पत्रकारले गर्नु परेन ।

 


म आफै पनि नेपाल पत्रकार महासंघ , जाजरकोटको सचिव भएकाले जिल्लाका सवै पत्रकारको भावना बुझने गर्दछु । तर पत्रकारलाई कार्यक्रममा लिने र सूचना तत्काल दिने प्रजिअ मध्य उहाँ १ नम्वरमा रहनुभयो । सूचना बाँडे , जनता सुसूचित हुन्छन् र सवैले थाहा पााउने अधिकार सुरक्षित हुन्छ भनेर सधै भनेको सुन्दा सेवा र सेवकको भाव प्रकट भएको नेपाल पत्रकार महासंघ , जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले वेला , वेलामा बताउने गनुहुन्छ ।

प्रभावकारी बजार अनुगमनः
जाजरकोट ग्रामीण क्षेत्रमा व्यापक अनुसगमण तथा निरीक्षण पनि ललितकुमार बस्नेतकै पालामा भएको पाईयो । कुनै पनि राजनीतिक दवाव र स्वार्थमा नलागेका उहाँले जनताको सेवा नै पहिलो आधार बनाएर सवैलाई रिजाउन सफल हुनुभयो ।
सेवाग्राहीमैत्रीविभिन्न सेवाविस्तार ः


प्रजिअ बस्नेतको पालामा जिल्ला प्रशासन कार्यालयले नागरिकमैत्रीहुने किसीमले सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिएको छ । कार्यालयका सबै कोठाहरुमा सिसिटिभि जडान गरिएको छ भने सेवाग्राही प्रतिक्षाकक्षमा ४३ इन्चको स्मार्ट टिभि राख्नेदेखि जिल्लामै पहिलो पटक स्तनपानकक्षको स्थापनागरिएको छ । यी सबै सेवाको कारण जिल्ला प्रशासन कार्यालय प्रति आमजनताको सकारात्मक धारण बन्न गएको देखिन्छ ।

सबै कर्मचारीसँगमित्रवतव्यवहार ः

आफ्नो कार्यालयका सबै कर्मचारीसँग मात्र नभएरं अन्य सरकारी तथा सार्वजनिक संस्थानका कार्यालयका प्रमुख एवं अन्य कर्मचारीसँग समेत सुमधुर सम्बन्धकायम राख्ने एवं मित्रवतव्यवहार गर्ने गरेको उहाँका सहकार्मीहरु बताउँछन् ।

 विभिन्न तहका सरकार र जनप्रतिनिधिबीच राम्रो समन्वय ः
सँघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा राजनैतिक दलका प्रमुखहरुसँग सुमधुर सम्बन्धकायम गरी समन्वय र सहकार्य माजोड दिएको देखिन्छ । राजनैतिक रुपमा तटस्थ र कुनै घटना प्रति निष्पक्षव्यवहार पाएको भन्दै जाजरकोटका उद्धयमान यूवा तथा बारेकोट गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका यूवा नेता महेन्द्रबहादुर शाहले प्रकट गदै आउँनु भएको छ ।

 बहुमुखीप्रतिभा ः
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मात्र भनेर उहाँलाई लेखियो भने त्यो पुरै अन्यय हुन्छ , यहाँ एक लेखक , साहित्यमा खास रुची भएको व्यक्ति पनि हो । उहाँले बिभिन्न लोक सेवा परीक्षार्थीका लागि एक दर्जन भन्दा बढी पुस्तक लेख्नुभएको छ भने नियमति रुपमा लोक सेवा परीक्षा उपयोगी सामाग्री प्रकाशन गर्नुहुन्छ । यसबाट लोक सेवा परीक्षाको तयारीमा रहेका हजारौं युवाहरुसँग उहाँको सम्बन्ध प्रगाढ रहेको छ ।

 


उहाँका पुस्तक अध्ययन गरेका र उहाँसँग प्रशिक्षण लिएर निजामती सेवामा प्रवेश गरेका आफू जस्तै थुप्रै युवाहरु जाजरकोट जिल्लामै रहेको बताउनुहुन्छन् नलगाड नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत सुरेन्द्र सिंह । बिभिन्न साईनो र बहुप्रतिभाका धनी बस्नेत जाजरकोटबाट जाँदै गर्दा धेरैले किन गएको होला अझै बसी दिए हुँने भन्दै सामाजिक सञ्जालमा पशु अस्पतालका धनबहादुर विकले लेख्नुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!