डिप बोरिङबाट पानी निकालेर कुदुबासीलाई पानी

हेमन्त केसी
जाजरकोट  ः वषौ देखि खानेपानीकोअ अभावमा सास्ती भोग्दै आएका भेरी नगरपालिका –१३ कुदुमा खानेपानीको समस्य समाधान भएको छ ।

डिप बोरिङ्बाट १५२ मिटर तल जमिनबाट भुमिगत पानी निकालेपछि यहाँका करिव ४६५ घरधुरीले खानेपानीको समस्यबाट मुक्ति पाएका हुँन् । भेरी नगरपालिकाको रु ४५ लाख रकम खर्च गरेर जमिनमुनीबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।

विद्युतबाट पानी निकाल्ने काम हुँने अपरेटर राजेश विसीले बताउनुभयो । २५ मिनेटमा २ हजार लिटर भन्दा बढी पानी निकाल्न सकिने उहाँले बताउनुभयो । यो डिप बोरिङ्बाट निकालिएको पानी प्रयोग गरे वाफत निकाट केही दिनमा प्रति घरधुरी रु १०० तिर्नुपर्ने नगरपालिकाले जनाएको छ । १ महिनामा पानी निकाल्न कम्तिमा १ सय यूनिट विद्युत खपत हुँने गर्दछ । स्थानीयवासीको आवश्यकताका आधारमा पानी निकाल्ने काम हुँने गरेको विसीले बताउनुभयो ।

वषौ देखि भेरी नगरपालिका – १३ स्थित कुदुबासीहरु खानेपानीको लागि १ घण्टा टाढा हिडेर भेरी नदीको फोहोर पानी पिउन बाध्य भएका थिए । वषौ पछि घर नजिकै मनग्य पानी प्रयोग गर्न पाएपछि स्थानीयवासी खुसी भएको स्थानीय नरबहादुर वस्नेतले बताउनुभयो । पटक , पटकको प्रयास पछि मात्र यो कार्य सफल भएको उहाँको भनाई छ । अहिले सुद्ध पानी नभएकाले केही समयपछि पानी सुद्धीकरण गरी अन्य धाराहरु थपिने नगरपालिकाले जनाएको छ । जनताको आवश्यकताको महसुस गरेर नै नगरले भारी खर्च गरेर यो योजना बनाएको उपप्रमुख भावना भण्डारीले बताउनुभयो ।

जिल्लाको सवै भन्दा ठुलो खेतीयोग्य फाट भएपनि सिंचाईको अभावमा वाँझै रहदै आएको थियो । अव यो पानी प्रयोग गरी सिंचाई गर्न सके कुदुबासीका लागि लापदायिक हुँने स्थानीय रेनुका आचार्यले बताउनुभयो । खानेपानीका मुहन नजिक नहुँदा यहाँका स्थानीयवासीहरु कुवा र भेरीको पानी पिउँदै आएका थिए ।

कुदुवासीका लागि सुद्धपानी पिउने अभियान अझै सफल पार्ने नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!