सेवा प्रवाह प्रभावकारी बनाउन प्रजिअले गरे सहायक प्रजिअ सँग कार्यसम्पादन सम्झौता ?

जाजरकोट ः जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसंग सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु सहनीले आईतबार बार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् । जिल्लाका सुरक्षा निकायका अधिकारी को उपस्थितीमा प्रजिअ बस्नेतले सहायक प्रजिअ सहनी सँग बार्षिक कार्यसम्पादन सम्झौता गनुभएको हो ।

बार्षिक कार्यसम्पादन सम्झौताले कार्यलयमा गर्नुपर्ने काम कारवाई सरलता ल्याउने प्रजिअ बस्नेतले बताउनुभयो । कार्यसम्पादन सम्झौता पश्चात काम लागि दैनिक कार्यालय कर्मचारीलाई निर्देशन गर्नुपर्ने स्थिति रहदैन प्रजिअ बस्नेतले भने–‘कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कणमा सयमा सय प्रतिशत देखाउने तर, कार्यालयको प्रगतिमा लक्ष्य हासिल नहुने भएपछि बार्षिक कार्यसम्पादन सम्झौताको अबधारणलाई नेपाल सरकारले अगाडी ल्याएको हो ।’

प्रजिअ बस्नेत र सहायक प्रजिअ सहनी बीच भएको बार्षिक कार्यसम्पादन सम्झौता पत्रमा कार्यालयले एक बर्षमा गर्नुपर्ने सम्पुर्ण कामहरुको विभिन्न सुचकहरु निर्धारण गरिएको सहायक प्रजिअ सहनीले जानकारी दिनुभयो । उक्त बार्षिक कार्यसम्पादन सम्झौताले कर्मचारीहरुको क्षमता अभिवृद्धी गर्नुको साथै कार्यसम्पादन मुल्याङ्कनको मुख्य आधार बनेको सहायक प्रजिअ सहनीको भनाई रहेको छ ।

त्यसैगरि जिल्ला प्रशासन कार्यालयले सुझाव संकलन सहित बार्षिक कार्ययोजना घोषणा गरेको छ । जिल्लाका सुरक्षा निकायका अधिकारी र पत्रकारहरुको बीचमा कार्यालयले घोषणा गरेको बार्षिक कार्ययोजनामा जिल्लाको सुरक्षा व्यवस्थालाई सुदृढ गर्ने, निर्वाद रुपमा राजमार्ग संचालन गर्ने, जिल्लाका सुरक्षा निकायको निरिक्षण तथा परिचालन गर्ने, जिल्लाको सिमा सुरक्षा, प्रभावकारी सेवा प्रवाह–सुशासन कायम गर्ने, सुचनाको हक कार्यन्वयन गर्ने÷गराउने, कार्यालय परिसर सरसफाई बगैचा व्यवस्थापन, उपभोक्ता हित संरक्षण, संघ÷संस्थाको संचालन–व्यवस्थापन, सार्वजनिक सम्पति संरक्षण गर्ने, लागु औषध निषेध–व्यवस्थापन, विपद व्यवस्थापन, विकासमा सहजिकरण, सदाचार–आर्थिक अनुशासन र अन्य विविध क्षेत्रमा गरि झण्डै एक सय भन्दा बढि योजनाहरुलाई किटान गरिएको छ ।

उक्त कार्ययोजनामा उल्लेख गरिएको जिल्लाको सुरक्षा व्यवस्थालाई सुदृढ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाको कराईम म्याप सहितको एकीकृत रणनैतिक सुरक्षा योजनालाई अद्यावधिक गर्नुको साथै एकीकृत रणनैतिक सुरक्षा योजना निर्माण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए । लागु औषध निषेध तथा व्यवस्थापन गर्न कार्यालयले लागु औषध नियन्त्रण कार्ययोजना निर्माण, लागु औषध निषेध कार्ययोजना निर्माण गरि अबैध रुपमा खेती गरिएको गाँजा, अफिम लगायतका लागु पदार्थजन्य खेती नष्ट गर्ने योजना रहेको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । डिजिटल सञ्चारबाट साभार ………………………




सम्बन्धित समाचार


error: Content is protected !!