आज हामीसँग सरकार, ठूलो पार्टी र जनमत छ तर हारिरहेका छौँ, किन ? ( ‘प्रभाकर’

काठमाडौं ।अब श्रमिकहरुको श्रम सहकारी बनाएर देशमा विकास निर्माणका सबै कामहरु गर्ने हो । तर मैले लागु गर्न पाएको छैन । मैले भुकम्प आउँदा संसदमा भनेको थिए, पाँच लाख युवाहरुलाई परिचालन गरौं । तर सुनिएन । बजेट निर्माण गर्दा मैलेँ हरेक पटक श्रम सहकारीको कुरा गरेको छु तर सुनिदैन । कर्णाली प्रदेशले सुनेर यो नीतिमा हालिदिएको छ तर यो कहिले लागु हुन्छ, थाहा छैन । तर मेरो निर्वाचन क्षेत्रमा श्रम सहकारी सुरु गरेको छु । सबै श्रम सहकारीमा आवद्ध भएर सामूहिक रुपमा काम गर्ने हो । सबै सहकारीमार्फत् समाजवादमा जाने आधार तयार गर्ने हो । उत्पादनका साधन श्रोतमाथि सामूहिक स्वामित्व स्थापित गर्ने कुरा हो । यसरी मात्र समाजवादमा जान सम्भव छ भनेको हो । यसो गर्यौं भने हामी सँगै बस्छौं, सँगै खान्छौं, सँगै अभियानमा लाग्छौं र फेरि हामी परिवारभन्दा माथि उठेर सामूहिक भावनाको विकास हुन्छ र समाजवादमा पुग्ने आधार तयार हुन्छ । त्यो नै अहिलेको हाम्रो बाटो हो र अहिलेको संघर्ष पनि त्यही हो ।
अब अगाडी बढ्नका लागी हामीलाई नयाँ खालको संगठन पनि जरुरी छ । समाजवादमा पुग्नका लागि नयाँ संगठनको जरुरी छ । त्यो संगठनका बारे सोच्नु पर्छ यतिबेला । हिजोको त्याग, बलिदान कुनै स्वार्थमा थिएन । त्यसको हामीले मूल्यमा कुरा गर्न सक्दैनौै । त्यो अमूल्य कुरा हो । विचारको स्पष्टता र उचाईबाट राष्ट्र र देशका लागि गरिएको बलिदान हो । त्यो लडाइँको अग्रमोर्चामा बसेर होस् वा त्यो लडाइँलाई अगाडी बढाउन पृष्ठभागमा बसेर होस्, यसको समान अर्थ छ । समान मूल्य छ । बेपत्ता योद्धाहरु अहिलेसम्म बेपत्ता हुनुहुन्छ । हाम्रो समस्या, हाम्रो कमजोरी, हामीले वेपत्ता छानविन आयोगलाई अगाडी बढाउन सकिरहेका छैनौं । आयोगमा विवाद छ । मिलाउने प्रयत्न जारी छ । तरपनि बेपत्ता योद्धाको मूल्य अमूल्य छ । त्यसको सम्मान परिवर्तनमा व्यक्त गर्नुपर्छ । परिवर्तनमा व्यक्त गर्ने कुरा परिणाममा देखिनु पर्यो । हामीले लिएको लय अनुसार समाजमा देखिनु पर्यो । त्यहाँ झल्किनु पर्यो । कठीन परिश्रम गरेर त्यो सम्भव छ ।
अब हामी त्यहाँ पुग्नका लागि विचारको कुरा हो । हामीसँग हिजो हतियार थिएन तरपनि लडाइँ जितियो । हतियार हुँदा पनि थोरै थिए तर लडाइँ जितियो, किन रु हामीसँग बलियो विचार थियो । हामीसँग बलियो विचार भएकाले हामीले जितेका हौं । हामीले हतियारले लडाइँ जितेको होइन । विचार बलियो हुनुपर्यो अनि हरेक कुरा बिजय गर्न सम्भव छ । आज हामीसँग सरकार छ । हामीसंग यति ठूलो पार्टी छ । हामीसँग यति धेरै जनमत छ तर हामीले हारिराखेका छौं बेला मौकामा । अहिले विचार कमजोर भइराखेको छ त्यसकारणले हामीले हारिराखेका छौं । विचार कमजोर भएपछि हार्नु पर्दो रहेछ । आज जनताले सोधेको प्रश्नको जवाफ सिधा दिन सकिरहेका छैनौं । जनताले भनेका समस्याहरु निरन्तर समाधान गर्न हामीले प्रयत्न गर्नुपर्यो । आज हामीले सबै कुरा हुँदा पनि किन आफूलाई कमजोर जस्तो मान्छौं रु किनकी हामी कमजोर भएका होइनौै तर हाम्रो विचार कमजोर भएको हो । त्यसकारणले बैचारिक स्पष्टताको जरुरी परेको छ । हामीले जित्नुको अर्थ हो हाम्रो वर्गले जित्नु । जनताका मन मनमा कम्युनिष्ट पार्टीले जितेको महशुस हुनुपर्छ । तब मात्र हामीले जितेको ठानिन्छ । उत्पीडित, दलित, जनजाति सबै वर्गका जनताको मन–मनमा कम्युनिष्ट पार्टी हुनुपर्यो अनिमात्र हामीले देखेको सपना पूरा गर्न सकिन्छ ।
हाम्रो समाजवादको बाटो फराकिलो बन्दै गएको हुनुपर्यो । यहाँ अहिले केही कुरा उठ्यो मेरा बारे । मैले सरकारका विरुद्ध कहिल्यै पनि बोलेको छैन । सरकारले गरेका गलत कामका बिरुद्ध म निरन्तर बोलिरहन्छु । मैले पार्टीका बिरुद्ध कहिल्यै बोल्दैन । पार्टीमा विधि पद्धति भएनभने मैले त्यसको विरोध गरिरहन्छु, गरेको छु, यो मेरो कुरो हो । मैले गलत गरेको छु भने मैले जनताको बीचमा कार्यकर्ताको बीचमा गएको छु र स्पष्टीकरण पनि दिएको छु । त्यसकारण अब संसदमा विषय आउँछ । हामीले लडेर संघीयता सहितको संविधान बनाएको हो । त्यो संविधानतः कानुन बनाउनुपर्छ त्यतिबेला मैले बोल्नुपर्छ । कानून जनताको भावना, हाम्रो वर्गको जनताको भावना अनुसार हुनुपर्यो भनेर मैले बोल्नुपर्यो । त्यो मिलाउनु पर्यो ।त्यसकारण संसदमा, कानून बनाउने मोर्चामा मैले पार्टीलाई आन्दोलनलाई सहयोग पुर्याउन बोलीरहेको छु ।
त्यसलाई मैले संघर्ष गरेको अर्थमा लिएको छु । संर्घष गरे वापत कोही मसँग आग्रह पूर्वाग्रह राख्छ भने मलाई कुनै सरोकार छैन । पार्टीले स्पष्टीकरण सोध्छ भनेर समाचार पनि आयो । यो वाईयात कुरा हो । स्पष्टीकरण त मैले सोध्छु । म सोध्ने हो । किनभने किन आयो संघीयता विपरीत कुरा भनेर । मैले सोध्न पाउनुपर्छ । मलाई सोध्ने रु संघीयताको पक्षमा बोलेपछि मलाई स्पष्टीकरण सोध्ने रु कसले दिएको छ त्यो अधिकार रु जनताले दिएको अधिकार हो त्यो रु त्यो मान्य हुन सक्दैन । विधि र पद्धतिको पक्षमा उभिएपछि मलाई स्पष्टीकरण सोध्ने रु त्यो कुरा मान्य हुन सक्दैन । यदि जनताले सोधेको हो भने म जनतालाई स्पष्टीकरण दिन्छु । त्यसकारण त्यो एउटा मोर्चाको रुपमा लिएको छु संसदलाई पनि । तर जनताको लागि आवश्यक परे संसदमा पनि पार्टीलाई सम्हालेकै छु । अहिले संसदका समितिका मोर्चा पनि मैले सम्हालेकै छु । म जनताबाट कहिल्यै पनि बिचलित हुन सक्दैन । निरन्तर लड्ने हो । यो संघर्षको निरन्तर प्रक्रियामा म तपाईहरुको साथमा हुनेछु । मैले गल्ति गरे भने औैंला ठड्याउनुहोस् हामी सर्घषबिना अर्को बाटोबाट अगाडी बढ्न सक्दैनौं ।
जनयुद्धमा जीवनसाथि गुमाएका शहिद वेपत्ता योद्धा पत्निहरुको संस्था आधार एकल महिला समाज नेपालले गरेको कार्यक्रममा शर्माले गरेको संवोधनको सम्पादित अंश










