डिपिआरको काम गर्ने मजदुरलाई खाली चेक

जाजरकोट ः नलगाड हाईडो«ेपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर) को काम गर्न खटिएका मजदुरले ज्याला नपाएको बताएका छन् ।
वाध स्थल बारेकोट गाउँपालिका – ८ अधेरीखोला र विद्युतगृह स्थल नलगाड नगरपालिका – ७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुँन् । निर्माण कम्पनीले ७ लाख भन्दा बढी रकम मजदुरलाई भुक्तानी वाँकी रहेको छ । दुई महिना देखि रकम नभएको खाली चेक दिएर ठाँटीरहेको मजदुर नलगाड नगरपालिका– ५ का शेरबहादुर सिंहले बताउनुभयो । कम्तिममा पनि एक मजदुरको ७० हजार भन्दा बढी रकम निर्माण कम्पनीले भुक्तानी गर्न बाँकी रहेको पाईएको छ ।
३० महिनामा सम्पन्न गर्ने सर्तसहित अस्ट्रलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डीपीआर गर्न नलगाड जलविद्युत आयोजनासँग सम्झौता गरेका थिए । त्या बाट अर्को निर्माण व्यवसायी वसन्त डिसीले अहिले कामको जिम्मेवारी लिएर गरिरहेका छन् । कम्पनीले ड्रिलिङ कार्य ९० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको आयोजनाका ईन्जिनियर पदम .थापाले बताउनुभयो । कन्टक्सनका वसन्त डिसीले यहाँ काम गर्ने मजदुरलाई पटक , पटक खाली चेक हात पारेर झुक्याउने काम गरेको अर्का बारेकोट गाउँपालिका – ८ अधेरीखोलाका मोहन सिंहले बताउनुभयो ।
मजदुर शेरबहादुर सिंहका अनुसार आफुलाई मात्र ३ पटक खाली चेक उपलव्ध गराएको तर वैँक जाँदा रकम नभएपछि ३ पटक सम्म चेक फेरिएको छ । उहाँले भन्नुभयो , “हामी १४ जना भन्दा बढी काम गर्ने मदजुरको झण्डै ६ लाख रुपैया लिन बाँकी रहेको छ , सधै पैसा माग्दा चेक हात पार्छन् तर बैंक जाँदा पैसा हुँदैन , खाली हात आउनु परेको छ , । ’ त्यस्तै स्थानीय मोहन सिंहको मङ्सिर देखि अहिले सम्म घरको भाडा नपाएको बताएका छन् ।
यो भन्दा अगाडी (पुस) मजदुरले तुरुन्तै रकम पाउँनु पर्ने माग राखेर आन्दोलनमा उत्रिएपछि नलगाड नगरपालिकाको न्यायिक समितिले दुई महिना भित्र उपलव्ध गराउने दुवै पक्ष बीच सहमती गराएको थियो । वसन्त डिसीलाई मजदुरको रकम नदिएर पटक , पटक खाली चेक दिनको कारण बारे वुझन खोज्दा फोन नउठाएका कारण प्रतिक्रिया लिन सकिएन ।




सम्बन्धित समाचार


error: Content is protected !!