प्रशासनको निर्णय विपरीत रकम असुल्दै ब्यवसायी

डोल्पा ः डोल्पामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएका जीप ब्यवसायीले प्रशासनको निर्णय विपरीत भाडा असुल्न थालेका छन् ।
जिल्ला सदरमुकाम दुनै देखि जुफाल र दुनै देखि सुँपानीसम्म चल्दै आएका जीप ब्यवसायीले मनपरी रुपमा यात्रुहरुबाट भाडा असुल्न थालेको पाईएको हो ।
गत बुधवारमात्रै जिल्ला प्रशासनको नेतृत्वमा जनप्रतिनिधि,नागरिक समाज,उद्योग वाणिज्य संघ सहितको सर्वपक्षिय छलफलबाट पाँचसय बाट घटाएर ३५० रुपैयाँ भाडादर तोकिएको थियो ।
तर निर्णय भएको एक दिन नवित्दै जीप ब्यवसायीले पुरानै ५०० रुपैयाँ भाडा उठाउन थालेपछि यात्रुहरु मारमा परेका छन् ।
भाडा घटेको बिषयमा प्रशासन,नगरपालिका,सार्वजानिक सुचना पाटीमा सुचना टाँस गरेपनि निर्णय भएको एकदिन भित्रै निर्णय तोडिएपछि यात्रुहरु चर्को भाडाको मारमा परेका हुन् ।
चर्को गाडि भाडा घट्यो भनेर बाटोघाटोमा हल्ला सुनेको थिए,तर सुँपानी देखि दुनैसम्मको भाडा उहिँ पुरानै पाँचसय भाडा उठाए सुर्खेतबाट दुनै जानलागेका यात्रु राजु शाहले गुनासो गरे ।
१३ किमीको बाटोमा प्रशासनको निर्णय विपरीत पाँचसय भाडा उठाइरहँदा समेत कसैको ध्यान जान नसकेको उनेले बताए ।
यता प्रजिअ मुकेश कुमार केशरीले निर्णय विपरीत एक रुपैया पनि धेरै भाडा उठाउँने जीप ब्यपसायीलाई कारवाही गरिने बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!