अरिंगालको टोकाई बाट महिलाको उपचारकै क्रम्म मृत्यु

जाजरकोट ः जाजरकोटमा अरिंगालको टोकाई बाट एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका – १ पालि ठुलाबगरका ५५ बर्षिया बेलमति पुनको अरिंगालको टोकाई बाट शनिवार बिहान मुत्यु भएको हो ।
घास काट्न गएका बेला विहिबार विहान अंरिगालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो ।
चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिस गरेपनि परिवारका सदस्यले बेलमतीलाई केही सन्चो भएको भन्दै शुक्रबार राती घर फर्काएका थिए । शनिवार बिहान फेरी दुखाई बढेपछि रुकुम पश्चिमको आठविसकोट नगर अस्पाल पुर्याएको भएपनि उपचार गर्दा , गर्दा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!