‍दाङमा ब्राउन सुगरसहित दुई पक्राउ

दाङ : लागु औषध ब्राउन सुगरसहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने घोराही उपमहानगरपालिका–१८ घर घई हाल घोराही–१४ राप्ती टोलमा बस्दै आएका ३६ वर्षीय सुमन सिंह र सोही वडाको नयाँ बजारका २८ वर्षीय विजय बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

भाडामा कोठा लिई बस्दै आएका सिंहले लागु औषधको अवैध कारोबा गरेको सूचनाको आधारमा छापा मार्दा तीन ग्राम १०३ मिलिग्राम ब्राउन सुगर र ब्राउन सुगर बिक्री गरेको सात हजार ६५० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए। टिभीको रिमोटभित्र लुकाएर राखेको ४४ पुरिया र भिक्सको डिब्बाको पिँधमा लुकाएर राखेको १९ पुरिया ब्राउन सुगर बरामद भएको प्रवक्ता शाहले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!