जिल्ला इञ्चार्ज सहित ६ जना पक्राउ

रुकुम पुर्व ः  ः नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।





error: Content is protected !!