उपचारका लागि नेपालगन्ज लगिदै गर्दा पत्रकार थापाको मृत्यु

जाजरकोट , नेपाल पत्रकार महासङघ , जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभाषद् डिल्लीबहादुर थापाको मृत्यु भएको छ ।
जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना भएका थापाको थप उपचारका लागि नेपालगन्ज लिदै गर्दा बाटोमा मृत्यु भएको हो । कुशे गाँउपालिका– ५ दम्दाला घर भई पत्रकारीता गर्दै आउनुभएका ४० बर्षीय थापाको लामो समय देखि पत्रकारितामा सक्रिय हुँनुहुन्थ्यो । महासंघले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपूरणीय क्षतिकारुपमा लिईएको नेपाल पत्रकार महासंघ , जाजरकोट शाखाका सचिव हेमन्त केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
मोफसलको पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पु¥याउँदै आउनु भएका पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको कर्णाली प्रदेश पत्रकार महासंघका महासचिव दिपेन्द्र शर्माले विज्ञप्ति मार्फत उल्लेख गरेका छन् । स्वर्गीय थापाको श्रीमती, दुइ छोरा र दुइ छोरी हुनुहुन्छ ।










