नदीमा पानीको वहाव बढ्दा घोडेटो बाटो बन्द , ओल बस्ती उच्च जोखिममा

लेख बुढा
डोल्पा ः तल्लो डोल्पा अन्तरर्गत पर्ने दुई स्थानीय तहमा भारी वर्षाका कारण घोडेटो बाटो बाटो अवरुद्ध भएको छ ।
जिल्लाको मुड्केचुला गाउँपालिका – १ देखि ९ सम्म रहेको घोडेटो बाटोमा ठाउँ , ठाउँमा पहिरो आउँदा स्थानीयलाई आवतजावतमा समस्य परेको हो । यही बाटो भएर जगदुला गाउँपालिका जाने र आउने काम गरिने भएकाले दुई स्थानीय तहको घोडेटो बाटो अवरुद्ध भएको हो ।
गए राती परेको अविरल बर्षाको कारण मुड्केचुला गाउँपालिका – ३ स्थित रिडिगऔलमा जगदुल्ला नदिको बहाव बढेपछी अवरुद्ध भएको छ । एक्कासी जगदुला नदी बढेपछी स्थानीयबासी , पशुचौपाय लाई आवजवाजत गर्न समस्या भएको स्थानीयवासी सकुन्तला रोकायले बताउनुभयो ।
यस्तै मुड्केचुला गाउँपालिकाको कालिकामा पर्ने कालिकाको औल बस्ती त्रासमा बस्न बाध्य भएका छन् । यहि गत असार २८ गते कासिल खोलमा आएको बाढीको कारण ११ जनाले ज्यान गुमाएका थिए ।
दिनप्रतिदिनको बर्षाको कारण औल गाउँ देखि तलतिरको ठाउँमा पहिरो जाने क्रम जारी रहेको र औल बस्ती देखि माथीको भाग पुरै चिरा परेकोले स्थानीयवासीहरु त्रासमा बस्न बाध्य भएको बताएका छन् ।
औल बस्तीको आधा भाग जमिन पहिरोले लिएको र आधा भाग जमिन पहिरो जान लागेको उक्त बस्ती भन्दा अन्य ठाउँ जान जमीन नै नभएको समस्यमा परेको स्थानीयवासी भीमबहादुर बोहोराले पीडा सुनाउनुभयो ।
मुड्केचुला गाउँपालीकामा फोन सेवा नहुँदा कुन समयमा के हुन्छ , भन्ने कुरा जानकारी गराउन समस्य भएको उहाँले बताउनुभयो । ।










