पाटी छोड्ने कागज गदै , रिहा हुँदै

जाजरकोट , ः विप्लव समुहका कार्यक्रताहरु पाटी छोड्ने लिखित कागज गदै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेका मध्य तीन जनाले विप्लव समुह छोड्ने लिखित कागज गदै छुट्ने गरेको खुलासा भएको छ ।

सरकारले प्रतिवन्ध लगाउनु अघि समुहमा सक्रिय रहेका विप्लव समुहका कार्यक्रताहरु प्रतिवन्ध पछि पनि विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरी प्रक्राउ गदै आएको छ । पक्राउ परेपछि कम्तिमा २ हप्ता हिरासत बसेर विप्लव समुह छाड्ने कागज गदै रिहा हुँने गरेका छन् ।

विप्लवका कार्यक्रता छुटाउने नेपाली कांग्रेसका नेताहरुको ठुलो दौडधुप हुँने गरेको छ । त्यस्तै छेडागाड ईञ्चार्ज कैलास पुन , भेरी व्यूरो सदस्य हरीचन्द्र जैसी लगाएतका नेता तथा कार्यक्रताहरु कागज गदै रिहा भएका हुँन् ।

विप्लव समुहको गैरकानुनी क्रियाकलापमा संलग्न नहुँने र संविधान मान्ने भन्ने उल्लेख गरि उनीहरु छुटेका छन् । त्यस्तै भेरी व्यूरो सदस्य जैसीले सत्तारुढ दल (नेकपा)मा प्रवेश नै गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाही काठमाण्डौमा पक्राउ परे लगत्तै जाजरकोट पुर्याएको थियो ।

पक्राउ पछि आज स्वतन्त्र जीवनयापन गरी बस्ने भनी रिहा हुँने मौखिम सहमती भएपनि अन्तिम चरणमा आईपुग्दा नेपाल कम्यूष्ट पाटी सँग आस्था राखेपनि गैरकानुनी क्रियाकलाप नगर्ने भन्ने वाक्यमा कुरा नमिल्दा रिहा हुँन सकेन्न । अन्य अहिले २ जना विप्लव कार्यक्रता समेत हिरासतमै रहेका छन् ।

कागज गरेर छुटे लगत्तै विप्लव समुहका कार्यक्रताहरु के गरीरहेका छन् भन्ने कुरा सुष्मनिरिक्षण भईरहेको प्रहरी प्रमुख श्याम खत्रीले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!