सेवा अवरुद्ध हुँन नदिन जाजरकोट अस्पतालको नयाँ भवन निर्माण

हेमन्त केसी 
जाजरकोट ः ५० शैयाको जाजरकोट अस्पताल निर्माणका लागि नयाँ वोलपत्र आवह्वान सँगै सेवा अवरुद्ध हुँन नदिन नयाँ भवन निर्माण कार्य पुरा भएको छ ।
रु ५० लाखमा नयाँ भवन निर्माण सँगै अव विरामीको उपचारमा सहजता आउने भएको छ । कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयको रु ५० लाख रुपैयाँमा सो भवन निर्माण भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । नयाँ वोलपत्र आवह्वान भए सँगै पुराना भवन भत्काएर नयाँ भवन निर्माण गर्दा सेवा अवरुद्ध हुँने भएको भन्दै सो को लागि नयाँ नयाँ भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको मताहातमा रहेको जाजरकोट अस्पतालमा अहिले दैनिक सेवा सुधार भएर जटिल खालका शल्यक्रिया समेत हुँदै आएका छन् । नयाँ बन्न लागेको भवन अत्यधुनिक रहेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले जानकारी दिनुभयो । विसं २०३१ सालमा निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य सेवा उपल्वध गराउदै आएको जाजरकोट अस्पतालले अव नयाँ भवनबाट सेवा सुचारु गर्न लागेको छ ।
५ वर्ष अघि तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले ५० शैयाको रुपमा जाजरकोट अस्पताललाई घोषणा गनुभएको थियो। कम्जोर सेवा सुविधा र १५ शैयाको अस्पताललाई ५० शैया बनाउने भन्दै घोषणा गरिएको जाजरकोट अस्पताल अहिले भारी विकास गरेको छ । दैनिक सेवा थपिएर घर ,आँगनमै उपचार सेवा र सुविधा पाएपछि जाजरकोट अस्पलाको अहिले स्थानीयवासीको ठुलो भरोसा बदलेको छ ।
दैनिक रुकुम ,डोल्पा र सल्यानका विरामी समेत जजारकोट अस्पतालबाट सेवा लिनका लागि आँउदा भीड नै लाग्ने गरेको छ । गाउँ , गाउँका स्वास्थ्य संस्थाहरुले अहिले जाजरकोट अस्पतालमा विरामीको अवस्था हेरेर सिफारिस गरी जटिल खालको उपचार समेत जिल्ला भित्र सम्भव भएको डाक्टर भुपेन्द्रप्रकास मल्लले जानकारी दिनुभयो ।
भवनबाट पानी चुहिएर उपचारमा सास्ती भोग्दै आएको जाजरकोट अस्पतालमा नयाँ व्यवस्थापन समिति आए सँगै गती पाएको नागरिक अगुवा प्रकाश चन्दले बताउनुभयो ।
आफै रगत दिएर विरामी वचाउँछन् स्वास्थ्यकर्मीहरु

जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विरामीलाई आफै रगत दिएर पनि ज्यान बचाउने गरेका छन् ।
ब्लर्ड वैक नभएको जाजरकोटमा रगतकै अभावमा ज्यान जोखिममा परेका विरामी आएमा आफै रगत दिएर जीवनरक्षा गरेको डाक्टर भुपेन्द्रप्रकास मल्लले बताउनुभयो । तीन दिन अघि मात्र सुत्केरी भएको ८ दिन पछि लगातार रक्तश्रम भएर समस्यमा परेकी बारेकोट गाउँपालिका – ६ की २६ वर्षीय भावना चलाउनेलाई अस्पतालमा कायरत स्टापनर्स नेप्लिजा पुन मगरले बताउनुभयो ।
त्यस्तै यो भन्दा अगाडी प्रहरी र सेनाले समेत विरामीलाई पटक , पटक रगत दिएर बचाउने गरेका छन् । विरामी छट्पटाईरहेको देखेपछि मनले मान्दैन् अनि रगत दिन बाध्य हुँनु पर्छ डाक्टर मल्लले भन्नुभयो , “ विरामीको ज्यान बचाउनु पहिलो प्रथमिकता भएको हो , उपचार गर्दा , गर्दा कयौन विरामीहरु आर्थिक अवस्था कम्जोर भएर आएका हुँन्छन् , उनीहरुलाई औषधी किन्नका लागि व्यक्तिगत रुपमा पैसा समेत दिएको छु । ’
वजेट अभावका कारण सवै काम पुरा हुँन नसकेको अध्यक्ष धर्मशिला वस्नेतले बताउनुभयो । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार सँग नियमित सम्पर्क भईरहेको छ , हामी नयाँ , जाजरकोट निर्माण र जनताको भरोसा बदलिएको जाजरकोट निर्माणको अभियानमा छौँ उहाँले भन्नुभयो र
ब्लर्ड वैँक स्थापनाको तयारी
जाजरकोट अस्पताल र नेपाल हेडक्रस सोसाईटीको संयुक्त पहलमा व्लर्ड वैँक स्थापनाको कार्य सुरु भएको छ । अस्पतालको स्तरउन्नती सँगै व्लर्ड वैँकको स्थापनाका लागि पहल सुरु भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला वस्नेतले बताउनुभयो । अहिले विरामीको ज्यान बचाउनका लागि सिधै रगत दिने गरिदै आएको छ । विद्युत नियमित नहुँदा व्लर्ड वैँक स्थापनामा समस्य देखिएको छ ।










