रिर्जवमा जीप चल्दा यात्रुहरु हैरान

डोल्पा ः डोल्पाको एउटा यस्तो ठाउँ छ , जहाँ गाडी चढ्न रिर्जव नगरी यात्रा गर्न पुग्न सकिदैन् । कम पैसा हुँने र आर्थिक अवस्था कम्जोर हुँने व्यक्तिले यहाँ गाडी नै चढ्न सक्ने अवस्था छैन । जिल्लाको ठुलिभेरी नगरपालिका – ७ बाट ५ सम्म करिव १६ किलोमिटर सडकमा गुड्ने यातायातका साधनमा यस्तो समस्य देखिएको हो ।
१६ किलोमिटर सडक मध्य जुफलाबाट फेरा सम्म करिव १० किलोमिटर सडक मा मात्र डोजर चालक नै ईन्जिनिय हुँदा २५ ठाउँ भन्दा बढी स्थानमा मोडहरु हुँदा यातायात चलाउनै मुस्क्लि भएको वडा नं ५ का अध्यक्ष कर्णबहादुर रोकायले जानकारी दिनुभयो ।
प्राविधिक स्टामेट विना नै डोजर चालकले जता सजिलो हुन्छ , उत्तै सडक खनेर निर्माण गरिएको यो सडकमा यात्रा भन्दा सास्ती बढी भोग्नुपरेको उहाँले बताउनुभयो । सदरमुकाम दुनै देखी माझफाल गाउँसम्ममा यात्रा गर्नदुई दिन लाग्ने गरेको स्थानीयवासीको भनाई छ । दुनैबाट छेडा सम्म सडक निर्माण भएपनि यातायात सञ्चालकले रिर्जव बाहेक अरुमा यात्रु वोक्नै नमानेपछि बाध्यताले रिण काडेर जीप चढ्नु परेको माझफालका कृष्ण रोकायले बताउनुभयो ।
एक पटक रिर्जवमा गाडी चलाएको रु ७ हजार भन्दा बढी रकम खर्च हुँने गरेको छ । जव की नेपालगन्ज बाट डोल्पा जहाजमा जात्रा मात्र रु ५ हजार लाग्ने गर्दछ । हवाई भाडा भन्दा बढी रकम तिरेर १६ किलोमिटर सडक यात्रा गर्नु पीडा भएको रोकायले बताउनुभयो ।
ठुलिभेरी नगरपालिकाले निर्माण गरेको यो सडकमा यात्रा भन्दा सास्ती धेरै भएको स्वयम जनप्रतिनिधी बताउछन् । यता यातायात व्यवयासीहरु सडक राम्रो नहुँदा रिर्जव बाहेक अरुमा वोक्न समस्य भएको बताउँछन् । सो सडकमा जीप चलाउनका लागि आवश्यक औजारहरु लिएर मात्र जान सकिने उनीहरुको तर्क छ ।
सुकमाया थापा








