रुपगाड पुल बाढीले बगायो

कविता शाही
डोल्पा , भारी वर्षाका कारण डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ ।
पुल वगाएसँगै जाजरकोट – डोल्पा सडक खण्ड भित्र पर्ने डोल्पा खण्डको आवतजावत अवरुद्ध भएको छ । जुफाल विमानस्थलबाट दुनै आवतजावतका साथै अन्य तल्लो डोल्पाबाट दुनै आउँने बाटो अवरुद्ध भएको छ । १ महिना अघि मात्र निर्माण गरिएको पुल बाढीले वगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधनहरु थन्किएका छन् ।
विहानै आएको बाढीले पुल बताउँदा आवतजावतमा समस्य भएको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल वगाएपछि दुनै र तल्लो डोल्पाको सम्पर्क टुटेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!