दुई स्थानीय तहमा प्रहरी चौकी

जाजरकोट ,  सुरक्षाको कारण देखाउँदै सदरमुकाममा कार्यालय सञ्चालन गर्दै आएका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्न लागिएको छ ।
गृह मन्त्रालयले जिल्लाका बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा र कुशे गाउँपालिकाको केन्द्र थार्पु भार्ममा प्रहरी चौकी स्थापनाका लागि अनुमती दिएको हो । सुरक्षा नभएको भन्दै सदरमुकाममा कार्यालय स्थापना गदै आएका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना हुँने भएपछि अव गाउँमै सेवा पाउँने छन् । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भन्नुभयो , “ करिव ९ महिनाको लामो प्रयास पछि यि दुई ठाउँमा प्रहरी बीट राख्ने अनुमती प्राप्त भएको छ , अव त्यहाँका स्थानीय तहमा बैंक स्थापना भएपनि सेवा रोकिएकामा तुरुन्तै सञ्चालन हुँने छ । ”
लिम्सा ईलाका प्रहरी कार्यालय रामीडाडाबाट करिव २ घण्टाको पैतल दुरी छ भने थर्पु भार्म पैक प्रहरी चौकीबाट ढाटा नै रहेको छ । गाउँमा सुरक्षा खतरा नभएपनि बहाना बनाएर गाउँमा स्थानीय सरकारका प्रतिनिधी नबसेकोे स्थानीयको भनाई छ ।
कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सदरमुकाम स्थित आफ्नै घरमा कार्यालय राखेर चलाउँदै आएका छन् । गाउँमा पनि कार्यालय छ , सदरमुकाममा पनि छ तर काम भरी सदरमुकामबाट हुँदै आएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!